८ असार २०८३, सोमबार
,
Latest
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते उपभोक्ता मूल्य सूचकाङ्क सङ्कलन राष्ट्रिय तथ्याङ्क कार्यालयले गर्ने ठूला अस्पतालमा बर्न युनिट सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने फक्ताङलुङमा पहिरो जाँदा दुई घरमा क्षति काठमाडौं महानगरका ५३ शिक्षक–शिक्षिकाले लिए स्काउट मास्टर आधारभूत तालिम पूर्वअर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रास्वपाको बन्द सत्र स्थगित, प्रतिनिधि विवाद टुंग्याउन छलफल जारी जिप्रका रूपन्देहीद्वारा २७ हजार ४६२ नागरिकता वितरण ट्रक महासंघसहित यातायात व्यवसायीको माग सम्बोधन, एलसी खोलिएका सवारी दर्ता हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिल्ला प्रशासन कार्यालय पर्साका कम्प्युटर अपरेटर घुस रकमसहित पक्राउ



प्रतीकात्मक तस्बिर
अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले जिल्ला प्रशासन कार्यालय पर्साका कम्प्युटर अपरेटर सञ्जय प्रसाद यादवलाई घुस रकमसहित पक्राउ गरेको छ ।

अपरेटर यादवलाई ५ हजार घुस रकमसहित पक्राउ गरिएको हो । कर्मचारीहरूले सेवाग्राहीसँग खुलेआम घुस लिने गरेको गुनासोपछि अख्तियारका डीएसपी हेम केसी नेतृत्वमा खटिएको टोलीले जिल्ला प्रशासन कार्यालयमा छापा मार्न गएको थियो ।

कम्प्युटर अपरेटर यादवले जग्गा रोक्काको फुकुवा गरिदिन एक सेवाग्राहीबाट घूस लिएको बताइएको छ । पक्राउ परेका यादवलाई आवश्यक कारबाहीका लागि अख्तियारको कार्यालय हेटौँडा लगिएको छ ।