६ पुष २०८२, आईतवार
,
Latest
लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवौं राष्ट्रिय खेलकुदः बागमतीलाई हराउँदै एपीएफ सेमिफाइनलमा



अ+ अ-

पोखरा । नवौं राष्ट्रिय फुटबल अन्तर्गत एपीएफले पुरुष फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ ।

गोस्टेघाटमा सोमबार भएको खेलमा बागमती प्रदेशलाई ३–१ गोलले पराजित गर्दै एपीएफ अन्तिम चारमा पुगेको हो । पराजय ब्यहोरेको बागमती भने बाहिरिएको छ ।

पहिलो हाफको इन्जुरी समयमा अभिषेक रिजालले गोल गर्दै बागमतीलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ६५ औं मिनेटमा प्रदीप लामाले गोल गर्दै एपीएफलाई १–१ गोलको बराबरीमा ल्याए ।

खेलको ७६ औं मिनेटमा नवीन लामाले गोल गर्दै एपीएफलाई २–१ को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा नवीनले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दै एपीएफलाई ३–१ को जित दिलाए ।