१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब News Polar आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त

टी–२० विश्वकपः २ पटकको च्याम्पियन वेस्ट इन्डिज स्कटल्याण्डसँग पराजित

टी–२० विश्वकपः २ पटकको च्याम्पियन वेस्ट इन्डिज स्कटल्याण्डसँग पराजित
अ अ+ अ-

एजेन्सी । टी–२० विश्वकपमा लगातार दोस्रो दिन पनि आश्चर्यको नतिजा आएको छ । दुई पटक यस प्रतियोगिताको उपाधि जितेको वेस्ट इन्डिज छनोट चरणको पहिलो खेलमा पराजित भएको हो ।

उसलाई स्कटल्याण्डले पराजित गर्यो । यो प्रतियोगिताको तेस्रो खेल थियो । वेस्ट इन्डिजका कप्तान निकोलस पूरनले टस जितेर पहिले बलिङ रोजेका थिए ।

स्कटल्याण्डले १६१ रनको लक्ष्य दिएको थियो भने वेस्ट इन्डिज ११८ रनमा अलआउट हुन पुग्यो । इन्डिजका सात खेलाडीले दोहोरो अंक पनि छुन सकेनन् ।

स्कटल्याण्डका बायाँ हाते बलर मार्क वाटले ३ विकेट लिए । टोलीका लागि जर्ज मुन्सीले सबैभन्दा ठूलो इनिङ्स खेले । उनले ६६ रन बनाए । छनोट खेलमा नामिबियाले श्रीलंकालाई हराएपछि प्रतियोगिताको पहिलो दिन पनि आश्चर्यको नतिजा आएको थियो ।

वेस्ट इन्डिज र स्कटल्याण्डबीचको यो खेलअघि एउटा पनि टी–२० खेल भएको थिएन । दुवै पहिलो पटक यस फर्म्याटमा आमनेसामने भएका थिए । स्कटल्याण्डले भूतपूर्व विश्व च्याम्पियनलाई स्तब्ध बनाएको छ र समूह बी मा पहिलो स्थानमा उक्लिएको छ ।

स्कटल्याण्डको इनिङ्स
टस जितेर ब्याटिङ गरेको स्कटल्याण्डले राम्रो सुरुवात गरेको थियो । मुन्सी र माइकल जोन्सले पहिलो विकेटका लागि ५५ रनको साझेदारी गरे । जोन्स २० रन बनाएर आउट भए । यसपछि माइकल क्रस तीन रनमा आउट भए, कप्तान बेरिङटनले १६ रन, म्याक्लियोडले २३ रन र लिस्कले चार रन बनाए ।

यसैबीच मुन्सीले आफ्नो अर्धशतक पूरा गरे । उनले ५३ बलमा ९ चौकाको मद्दतले ६६ रन बनाएर अविजित रहे । यसबाहेक क्रिस ग्रीभ्सले ११ बलमा १६ रनको अविजित इनिङ खेले । वेस्ट इन्डिजका लागि अल्जारी जोसेफ र जेसन होल्डरले २–२ विकेट लिए । यस्तै, ओडियन स्मिथले एक विकेट लिए ।

वेस्ट इन्डिजको इनिङ्स
जवाफमा वेस्ट इन्डिजको सुरुवात निकै खराब रह्यो । टोलीले ७७ रनसम्म ६ विकेट गुमाएको थियो । काइल मेयर्स २० रन, इभिन लुइस १४ रन, ब्रान्डन किङ १७ रन, कप्तान निकोलस पूरन ४ रन, शम्राह ब्रुक्स ४ रन र रोभम्यान पावेल ५ रनमा आउट भए । यसपछि जेसन होल्डरले ३३ बलमा ३८ रनको इनिङ खेल्दै वेस्ट इन्डिजलाई १०० रनको नजिक पुर्याए ।

उनी अन्तिम विकेटका रूपमा आउट भए । यी बाहेक अकिल हुसेन र अल्जारी जोसेफले खाता खोल्न पनि सकेनन् । ओडियन स्मिथ पाँच रन बनाएर आउट भए । ओबेद म्याकोय दुई रनमा अविजित रहे । स्कटल्याण्डका लागि मार्क वाटले ३ विकेट लिए । योसँगै ब्राड ह्वील र माइकल लिस्कले २–२ विकेट लिए । जोस डेभी र सफियान सरिफले एक एक विकेट लिए ।

विश्वकपमा १६ टोलीले सहभागिता जनाउनेछन् । प्रतियोगिता अष्ट्रेलियाका विभिन्नि ७ स्थानमा हुनेछ । पहिलो चरणका दुई समूहबाट शीर्ष दुई–दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । पहिलो चरणमा नामिबिया, श्रीलंका, नेदरल्यान्ड्स र युएई छन् । समूह ‘बी’बाट आयरल्यान्ड, जिम्बावे, वेस्टइन्डिज र स्कटल्यान्ड छन् ।

पहिलो चरणको खेलपछि मात्रै सुपर १२ को खेलहरु हुनेछन् । सुपर १२ का टोलीले वार्मअप खेलहरु खेल्नेछन् । सुपर १२ को समूह १ मा – इंग्ल्यान्ड, न्युजिल्यान्ड, अष्ट्रेलिया, अफगानिस्तानसँगै पहिलो चरणको समूह ए को विजेता र समूह बी को उपविजेता रहनेछन् ।

यसैगरी, सुपर १२ को समूह २ – भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेशसँगै पहिलो चरणको समूह बी को विजेता र समूह ए को उपविजेता रहनेछन् । सुपर १२ का शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।