१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकपः २ पटकको च्याम्पियन वेस्ट इन्डिज स्कटल्याण्डसँग पराजित



अ+ अ-

एजेन्सी । टी–२० विश्वकपमा लगातार दोस्रो दिन पनि आश्चर्यको नतिजा आएको छ । दुई पटक यस प्रतियोगिताको उपाधि जितेको वेस्ट इन्डिज छनोट चरणको पहिलो खेलमा पराजित भएको हो ।

उसलाई स्कटल्याण्डले पराजित गर्यो । यो प्रतियोगिताको तेस्रो खेल थियो । वेस्ट इन्डिजका कप्तान निकोलस पूरनले टस जितेर पहिले बलिङ रोजेका थिए ।

स्कटल्याण्डले १६१ रनको लक्ष्य दिएको थियो भने वेस्ट इन्डिज ११८ रनमा अलआउट हुन पुग्यो । इन्डिजका सात खेलाडीले दोहोरो अंक पनि छुन सकेनन् ।

स्कटल्याण्डका बायाँ हाते बलर मार्क वाटले ३ विकेट लिए । टोलीका लागि जर्ज मुन्सीले सबैभन्दा ठूलो इनिङ्स खेले । उनले ६६ रन बनाए । छनोट खेलमा नामिबियाले श्रीलंकालाई हराएपछि प्रतियोगिताको पहिलो दिन पनि आश्चर्यको नतिजा आएको थियो ।

वेस्ट इन्डिज र स्कटल्याण्डबीचको यो खेलअघि एउटा पनि टी–२० खेल भएको थिएन । दुवै पहिलो पटक यस फर्म्याटमा आमनेसामने भएका थिए । स्कटल्याण्डले भूतपूर्व विश्व च्याम्पियनलाई स्तब्ध बनाएको छ र समूह बी मा पहिलो स्थानमा उक्लिएको छ ।

स्कटल्याण्डको इनिङ्स
टस जितेर ब्याटिङ गरेको स्कटल्याण्डले राम्रो सुरुवात गरेको थियो । मुन्सी र माइकल जोन्सले पहिलो विकेटका लागि ५५ रनको साझेदारी गरे । जोन्स २० रन बनाएर आउट भए । यसपछि माइकल क्रस तीन रनमा आउट भए, कप्तान बेरिङटनले १६ रन, म्याक्लियोडले २३ रन र लिस्कले चार रन बनाए ।

यसैबीच मुन्सीले आफ्नो अर्धशतक पूरा गरे । उनले ५३ बलमा ९ चौकाको मद्दतले ६६ रन बनाएर अविजित रहे । यसबाहेक क्रिस ग्रीभ्सले ११ बलमा १६ रनको अविजित इनिङ खेले । वेस्ट इन्डिजका लागि अल्जारी जोसेफ र जेसन होल्डरले २–२ विकेट लिए । यस्तै, ओडियन स्मिथले एक विकेट लिए ।

वेस्ट इन्डिजको इनिङ्स
जवाफमा वेस्ट इन्डिजको सुरुवात निकै खराब रह्यो । टोलीले ७७ रनसम्म ६ विकेट गुमाएको थियो । काइल मेयर्स २० रन, इभिन लुइस १४ रन, ब्रान्डन किङ १७ रन, कप्तान निकोलस पूरन ४ रन, शम्राह ब्रुक्स ४ रन र रोभम्यान पावेल ५ रनमा आउट भए । यसपछि जेसन होल्डरले ३३ बलमा ३८ रनको इनिङ खेल्दै वेस्ट इन्डिजलाई १०० रनको नजिक पुर्याए ।

उनी अन्तिम विकेटका रूपमा आउट भए । यी बाहेक अकिल हुसेन र अल्जारी जोसेफले खाता खोल्न पनि सकेनन् । ओडियन स्मिथ पाँच रन बनाएर आउट भए । ओबेद म्याकोय दुई रनमा अविजित रहे । स्कटल्याण्डका लागि मार्क वाटले ३ विकेट लिए । योसँगै ब्राड ह्वील र माइकल लिस्कले २–२ विकेट लिए । जोस डेभी र सफियान सरिफले एक एक विकेट लिए ।

विश्वकपमा १६ टोलीले सहभागिता जनाउनेछन् । प्रतियोगिता अष्ट्रेलियाका विभिन्नि ७ स्थानमा हुनेछ । पहिलो चरणका दुई समूहबाट शीर्ष दुई–दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । पहिलो चरणमा नामिबिया, श्रीलंका, नेदरल्यान्ड्स र युएई छन् । समूह ‘बी’बाट आयरल्यान्ड, जिम्बावे, वेस्टइन्डिज र स्कटल्यान्ड छन् ।

पहिलो चरणको खेलपछि मात्रै सुपर १२ को खेलहरु हुनेछन् । सुपर १२ का टोलीले वार्मअप खेलहरु खेल्नेछन् । सुपर १२ को समूह १ मा – इंग्ल्यान्ड, न्युजिल्यान्ड, अष्ट्रेलिया, अफगानिस्तानसँगै पहिलो चरणको समूह ए को विजेता र समूह बी को उपविजेता रहनेछन् ।

यसैगरी, सुपर १२ को समूह २ – भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेशसँगै पहिलो चरणको समूह बी को विजेता र समूह ए को उपविजेता रहनेछन् । सुपर १२ का शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।