२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एसइईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

माथिल्लो कर्णालीमा हवाई उडानमा दीर्घकालीन समाधान खोज्न उड्डयनमन्त्रीलाई ध्यानाकर्षण



अ+ अ-

काठमाडौँ । माथिल्लो कर्णालीमा निजी वायुसेवा कम्पनीसँग समन्वय गरी तत्काल उडान संख्या वृद्धि गर्न र नेपाल एयरलाइन्सका टुइनअटर जहाजहरुको संख्या थप गरेर दीर्घकालीन समाधान खोज्न अनुरोध गरिएको छ ।

संविधानसभा सदस्य नरेश भण्डारी र पत्रकार एवं अर्थमन्त्रालयमा जनसम्पर्क सल्लाहका मनऋषि धितालसहितका कर्णालीवासीहरुले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसमक्ष बाढी र पहिरोका कारण माथिल्लो कर्णालीले अघोषित नाकाबन्दी भोगिरहेकाले वायुसेवा कम्पनीहरुको उडान संख्या बढाउन ज्ञापनपत्रसहित ध्यानाकर्षण गराउनुभएको छ ।

विगत केही दिनदेखिको अविरल वर्षाका कारण जुम्ला, कालिकोट, मुगु, हुम्लालगायतका कर्णाली प्रदेशका विभिन्न जिल्लामा मानवीय, बालीनाली, कृषियोग्य जमिन, पशुवस्तु तथा भौतिक संरचना (सडक, पुल, सिँचाई, तटबन्ध, जलविद्युत, खानेपानी, टेलिफोन टावर) हरुमा ठूलो क्षति भई जनजीवन कष्टकर भएको ज्ञापनपत्रमा उल्लेख छ ।

ती चार जिल्लाका विपत् प्रभावित स्थानीय तहका भौगोलिक क्षेत्रलाई नेपाल सरकारले विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको संवेदनशील परिस्थितिमा हवाई सेवा प्रदायक कम्पनीहरु संवेदनहीन देखिएका छन् भन्दै ज्ञापनपत्रमा भनिएको छ, “एकातिर सडक यातायात अवरुद्ध छ भने अर्कातिर नीजि क्षेत्रका हवाई सेवा प्रदायक कम्पनीहरुले कर्णालीका उडानहरु कटौती गरी डलरका लागि अन्यत्र उडान भरिरहेको अवस्था छ । नेपाल वायु सेवा निगमबाट पनि उडान सुचारु नगरिएको अवस्था रहेको छ।”

कर्णालीमा भइरहेका सीमित उडानहरुमा पनि चरम अपारदर्शीता देखिएको भन्दै ज्ञापनपत्रमा उडानहरुमा महङ्गो भाडादर असुली रहेको तथा विद्यार्थी, बिरामी र अन्य यात्रुहरु विमानस्थलमा अलपत्रको अवस्थामा रहेकाले मन्त्री श्रेष्ठसमक्ष तत्कालका लागि हवाई उडान बढाउन ध्यानाकर्षण गराइएको छ ।