२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar राष्ट्रपति पाैडेलले जारी गरे दुई वटा अध्यादेश News Polar दोधारा–चादँनी झोलुङ्गे पुल पुनःनिर्माण गर्न २० करोड लाग्ने अनुमान News Polar विद्यार्थी केन्द्रित शिक्षा ऐन निर्माणका लागि गण्डकीका सरोकारवालासँग मन्त्रालयको शिक्षा संवाद News Polar खाद्य तथा औषधि प्राधिकरण स्थापना र सञ्चालनबारे छलफल News Polar किष्ट सेन्टरमा क्यान्सरका बिरामीलाई तीन सातासम्म निःशुल्क सेवा News Polar परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालको भेट News Polar टेलिकम जुम्लाद्वारा पाँच हजार ७८९ सिमकार्ड वितरण News Polar आरुघाट पुलमा बेलीब्रिज निर्माणका लागि सात ट्रक सामग्री News Polar पर्वतीय विपद् व्यवस्थापनका लागि नीतिगत पुनरावलोकन गर्नुपर्ने News Polar स्याफ्रुबेसी पुगेर प्रचण्डको अपिल : जलवायु न्यायका लागि नेपाललाई क्षतिपूर्ति देऊ News Polar नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य News Polar वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ News Polar हुलाकलाई जनताको महत्वपूर्ण अंगका रूपमा विकास गर्छौंः सञ्चारमन्त्री तिमिल्सिना News Polar कोरियाका लागि प्रश्तावित राजदुत डा. श्रेष्ठको कार्ययोजनाः ‘कुटनीतिलाई आर्थिक समृद्धि र नागरिक सुरक्षासँग जोड्छु’ News Polar ओमानका लागि प्रस्तावित राजदूत राणाको कार्ययोजनाः श्रम, आर्थिक र जलवायु कुटनीति प्राथमिकतामा News Polar जनशक्ति, बजेट र प्रविधिको अभावका बीच हुलाक सेवालाई सुधार गरिरहेका छौँः महानिर्देशक पंगेनी News Polar चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे News Polar प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी News Polar एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते

अझैसम्म जडान हुन सकेन अक्सिजन प्लान्ट

अझैसम्म जडान हुन सकेन अक्सिजन प्लान्ट
अ अ+ अ-

काठमाडौं । बाग्मती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा अस्पतालमा एक महिनाअघि ल्याइएको अक्सिजन प्लान्ट अझैसम्म जडान हुनसकेको छैन । यसरी लामो समयसम्म अस्पतालमा अक्सिजन प्लान्ट जडान हुन नसकेपछि जिल्ला प्रशासन कार्यालयले यसबारे चासो देखाएको छ ।

जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकको निर्णयानुसार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडा अस्पताललाई समयमै अक्सिजन प्लान्ट जडान हुन नसकेपछि स्पष्टीकरण मागसमेत गरिसकेको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले अस्पताललाई अक्सिजन प्लान्ट जडान गर्न ढिलाइ भएको विषयमा स्पष्टीकरण सोधिएको जानकारी दिए ।

अबको सात दिनभित्रमा अस्पतालमा उद्योग सङ्घले सहयोग गरेको अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए । सरकारले कोरोनाको तेस्रो भेरियन्टको चेतावनी दिइराख्दा अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न ढिलाइ हुनु उचित नभएकाले तत्काल यसप्रति अस्पताल प्रशासनको ध्यान जानुपर्ने प्रशासनको निष्कर्ष छ ।

सरकारले कोभिड–१९ को तेस्रो लहरको चेतावनी केही समयअघिदेखि नै दिँदै आइरहेको छ । स्वास्थ्य मन्त्रालयले अस्पतालमा सावधानी तथा भविष्यमा आउने खतराका लागि सजग रहन र पूर्वाधार तयार पार्न पत्रसमेत पठाइसकेको छ । यता हेटौँडा अस्पतालले भने यस विषयमा खासै चासो देखाएको देखिन्न । उद्योग सङ्घ मकवानपुरले हेटौँडा अस्पताललाई गत असार १६ गते दिएको अक्सिजन प्लान्ट अझै जडान हुनसकेको छैन ।

गत जेठमा प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको रोहवरमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार एवं अस्पताल सञ्चालन व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाईँ र उद्योग सङ्घ हेटौँडाका अध्यक्ष लेखराज पोखरेलले सम्झौतापत्रमा जेठ १६ गतेसम्म ठेकेदारलाई प्लान्ट निर्माणको जिम्मेवारी दिनेसम्बन्धी हस्ताक्षर भएको थियो ।

अस्पतालले १५ देखि २० दिनसम्म प्लान्ट जडान भइसक्ने जानकारी गराएको छ । प्लान्ट निर्माणका लागि ट्रस भवनको निर्माण भइरहेको हुँदा केही समय ढिला हुन गएकाले अब छिट्टै सञ्चालनमा ल्याउने अस्पतालले जनाएको छ । उद्योघ सङ्घले प्लान्ट निर्माणका लागि रु एक करोड ३० लाख खर्च गरेको थियो ।

वडा कार्यालय निर्माण सम्पन्न

मकवानपुरको मनहरि गाउँपालिकाको दुईवटा वडा कार्यालयको भवन निर्माण सम्पन्न भएको छ । मनहरि–२ र ५ को वडा कार्यालय भवन निर्माणको काम सकिएको हो । ठेक्कामार्फत निर्माण भएको साढे दुई तलाको वडा कार्यालय भवन निर्माण सकिएको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताए । अरु चारवटा वडा कार्यालयका भवन निर्माण जारी छन् ।

मनहरिका वडा नं १, ६, ७ र ९ को वडा कार्यालयको भवन निर्माणको काम भइरहेको उनले बताए । आगामी कात्तिकसम्ममा सबै वडा कार्यालय भाडाको घरबाट आफ्नै सुविधासम्पन्न कार्यालयमा सरिसक्ने अध्यक्ष उप्रेतीले बताए । पहिले साविकको मनहरि र हाँडीखोला गाविसका भवनमा दुईवटा वडा कार्यालय रहे पनि अरु छ वटाका लागि समस्या भएको थियो । कार्यालय भवन नभएका वडा कार्यालय ठेक्कामार्फत निर्माण भएको हो । प्रत्येक वडा कार्यालयमा सातवटा कोठा तथा वडा सचिवका लागि आवास निर्माण गरिएको छ ।