काठमाडौं । नेकपा एमाले संसदीय दल लुम्बिनी प्रदेशको बैठक शुरू भएको छ । बुधबार मुख्यमन्त्री निवासमा एमाले संसदीय दलको बैठक सुरु भएको हो ।
बैठकमा मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध विपक्षी गठबन्धनबाट आएको अविश्वासको प्रस्तावका विषयमा छलफल हुने भएको छ । मुख्यमन्त्री पोखरेलले निवासमै मन्त्रिपरिषदको बैठक पनि बोलाएका छन् ।
संसदमा अल्पमतमा देखिएका मुख्यमन्त्री पोखरेलले संसदमा अविश्वासको प्रस्तावको सामाना गर्ने वा राजीनामा दिएर मार्ग प्रसस्त गर्ने भन्ने विषयमा छलफल केन्द्रित हुने प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए । एमालेले बैठकबाट हुने निर्णयहरु भने १२ः३० बजे पत्रकार सम्मेलन गरेर जानकारी दिने प्रवक्ता चौधरीले बताए ।