• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   एक खेल पनि नहारी बुन्डेसलिगा लिग जित्यो लिभरकुसेनले ★   बैंगलोर नवौं पटक आईपीएल प्लेअफमा, चेन्नईलाई २७ रनले हरायो ★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा

राजनीति भित्रका रहरहरु र देशको आवश्यकता



डाक्टर स्व ,उपेन्द्र देवकोटालाई तत्कालीन राजा ज्ञानेन्द्रले स्वास्थ्य मन्त्री बनाए। अनुराधा कोइरालालाई महिला तथा समाज कल्याण मन्त्रीको जिम्मा दिइयो।

थुप्रै मन्त्रीहरु इमान्दार र आफ्नो पेशामा स्वाभिमानी र दक्ष थिए। दक्ष र विज्ञ मन्त्रीहरु भैकन पनि ज्ञानेन्द्र शाहको शासनकाल टिकेन। योग्य मन्त्रीहरुले आफ्नो योग्यताको प्रदर्शन गर्न कही सकेनन्। राजाको भुमिका आलोचनाबाट मुक्त भएन। किनकि तत्कालीन राजाको शासन पद्धति नै स्वार्थप्रेरित र कानुनविपरीत थियो ।

मन्त्रीहरु योग्य भएर मात्र हुँदैन नेतृत्व गर्ने नेता निस्वार्थी, त्यागी र देश , संविधानप्रति इमान्दार हुनुपर्छ। तब मात्र मन्त्री र कर्मचारीतन्त्रले राम्रो काम गर्छन्। त्यसपछि २० वर्षमा यस्ता थुप्रै मन्त्री आए। नेता परिवर्तन भए। कर्मचारितन्त्र निरन्तर छ। तर कोही योग्य देखिएनन। जो योग्य थिए।

उनीहरुले समेत काम गर्न सकेनन। किन ? र आज राजनीतिप्रति जनताको वितृष्णा बढेर गएको छ। स्वतन्त्र उम्मेदवारले केही गर्छन् कि भन्ने आशा जनतामा छ। अहिलेसम्म शासन गरेका नेतृत्वले यस विषयमा जनतालाई दिने उत्तर केहि छ कि ?
विकसित देशका बाटाहरू, सुरक्षा व्यवस्था, शिक्षा, स्वास्थ्य सरसफाइ व्यवस्थित र सुन्दर छन् ।

त्यहाँका जनता आफ्नो देशप्रति गौरव गर्छन्। हामी देशलाई सम्झन्छौ र भन्छौ म कहाँ किन यस्तो भएन रु यसको एउटै मात्र कारण नेतृत्व त्यागी, इमान्दार ,र नैतिक भएन । विकसित देशमा राजनीति , सडक ,गाउँघर र जनताको मुस्कानमा देखिन्छ । त्यहाँका नेताहरु आफ्नो विषयमा कमै कुरा गर्छन्। पद्धतिमा विश्वास गर्छन्। कानुनको पालना गर्छन् । असल र खराब दुवै नेतृत्व जन्माउने थलो राजनीति हो।

जुनसुकै तन्त्र भित्रपनि खराब नेतृत्वले शासन व्यवस्थालाई सुधार गर्न सक्दैन। नेतृत्व इमान्दार , जनमुखी र उत्तरदायी हुनै पर्छ। हामीमा विगत वर्षमा देखिएको भ्रष्टाचार, पदलोलुपता, कुशासन, र नातावादले जनतालाई निराश पारेको छ। तर अझै हामी सही नेतृत्वको पहिचान गर्न असमर्थ छौ। नेपालमा यही भएर देश गरिब भएको हो ।

संविधान, कानून र पद्धति कुनै देशमा पनि सन्तुष्ट हुँदैनन्। तर यसको जिम्मा लिने नेतृत्व त्यागी इमान्दार र उत्तरदायी हुनुपर्छ। जसको खोजी अझै हामी गर्दैछौं।हाम्रो देशमा राजनीति र पद्धति समस्या हैन। समस्या पात्र र प्रवृत्तिमा छ। यही पात्र र प्रवृत्तिमा इमान्दारिता र निस्वार्थीपन कहाँ पाउने समस्या यही छ।

अहिले यही खराबी र समस्यालाई देखाएर सबैलाई राजनीति गर्ने रहर चलेको छ । के अब जित्ने नेताहरुले साच्चै नै भ्रष्टाचार गर्दैनन् रु नातागोता हेर्दैनन्रु कर्मचारीको सरुवा बढुवामा विभेद गर्दैनन्रु सरकारी सम्पत्तिको संरक्षण गर्छन्रु कानुनको पालना गर्छन् रु यि अहम् सवाल हुन।

चुनाब जितेर शासनमा पुगिसकेपछि यसभित्र थुप्रै लोभीपापी भेटिन्छन्। सरकारी सुविधा भित्र अन्धो बनाउने खेल हुन्छ। यसलाई त्याग गर्न आजैदेखि के उनीहरु तत्पर छन् रु राजनीति नेता हुन चाहनेहरुले मनन गर्नुपर्ने बेला यही हो। किनकि ठेला उठेका हात , निधारबाट झरेको पसिना, थाकेका पाइतालाले तपाईलाई मत दिंदैछन्। यदि यसको दुरुपयोग भयो भने यो पाप मात्र होइन फेरिपनि हामी अनिर्णयमा प्रवेश गर्छौ । र हाम्रो पाँच वर्षको समय र नतिजा विश्वको प्रतिस्पर्धाबाट पछि पर्दै जान्छ। मैदानको भाषण र कुर्सीको अधिकारमा लामो दुरी हुन्छ, यसभित्र थुप्रै स्वार्थ सहितका मानिसहरु जोडिन्छन् ।

धेरैले यतिबेलासम्म जनताका बाचा भुलिसकेका हुन्छन् र तिनै स्वार्थमा लुटिन्छन् । यो अवसर र चुनौतीलाई हाम्रो आगामी नेतृत्वले मनन गरेको छ ? या आफ्नो राजनीतिक विरासत र रहर बनाऊन मात्र राजनीति गरेका छन् । यी विषय अहिले महत्वपूर्ण हुन्।

राजनीतिबाट संरक्षित दलाली, भ्रष्टाचार र नातावादबाट अबको नेतृत्व मुक्त हुनसक्लारु एउटा बालेन शाहले काठमाडौ महानगरपालिकामा सनसनी पैदा गर्दा देशको उच्च नेतृत्वले योभन्दा कति गुणा काम गर्न सक्लान्। तर त्यो नेतृत्व साँच्चै इमान्दार हुन्छरु पुराना अनुहारहरुबाट यसको आभास पाइदैन। किनकि बजारका दलालीहरु उनीहरूको जितमा खुशी हुन्छन। र चुनावमा जतिपनि खर्च गर्छन्।

पञ्चायतदेखि गणतन्त्रसम्म एकै प्रवृत्तिका पात्र र अनुहार राजनीतिमा छन् ।ठूला भ्रष्टाचार र अनियमितता यिनीहरु मन्त्री हुँदा भएका छन्। तर राजनीति गर्न छोड्दैनन्। उनीहरूको यो राजनीति रहर हो या बाध्यता, विरासत हो या देशको आवश्यकता छुट्याउन गाह्रो छ। यस्ता अनुहारहरुबाट परिवर्तन सम्भव छ र ? तर हामी राजनीति दलको विकल्प छान्न सक्दैनौ। स्वाभिमानी र त्यागीहरु दलभित्र अटाउन सक्दैनन। राजनीतिक र देशको आवश्यकताअनुसारका नेता सदनमा पुग्न सक्दैनन् । र फेरि पनि यिनै घटना घटिरहन्छन। हाम्रो र प्राय अविकसित देशहरुको यो नियति नै बन्दै छ।

राजनीति शासन पद्धतिको उपल्लो नीति हो। यहीँबाट अरु नीतिहरु जन्मन्छन् ।राजनीति आफैंमा खराब हुँदैन तर यसको बृहत् अधिकारभित्र स्वाथी लोभी र पापीहरुको स्वार्थले गर्दा योग्यहरु बाहिरिन्छन्। आजको हाम्रो आवश्यकता राजनीति र शासन भित्र योग्य हरूको आगमन हो ।

सन् २००० ताका भेनेजुएला धनी राष्ट्र थियो। विगत दुई दशकमा त्यहाँका जनता युरोप र अन्य देश तिर विस्थापित भएका छन्। त्यहाँ को नेतृत्व यति भ्रष्ट भयो कि तल्लो तहसम्म पैसा नभइ कुनै कामै हुँदैन। महंगी यति बढ्यो कि साधारण जीवन धान्न समेत मानिसलाई धौधौ परेको छ । भ्रष्टाचारले विकसित, अविकसित सबैलाई कंगाल बनाउँछ। यसले एउटा वर्गको उत्थान त गर्ला ‌तर सीमान्त वर्ग झन गरिव हुँदै जान्छ। श्रीलंकाको उदाहरण दिनै पर्दैन। सबैलाई थाहा छ।

नेपालको भूगोल, समाज ,हावापानी, अवस्थिति र सम्भावना हेर्दा यो देश एसियाको स्वीट्जरल्याण्ड बन्नसक्छ। तर केले रोकेको छ ? हामी पछि पर्नुमाा देशको आवश्यकता अनुसार नेतृत्व न जन्मनु नै हो। ‘नेतृत्व जन्मिँदैन , पैदा हुन्छ’ भन्ने मन्डेलाको भनाइलाई चरितार्थ गर्ने हो भने अबको आगामी निर्वाचन कसैको पनि राजनीति गर्ने र आफ्नो विरासत जोगाउने रहन र खेल बन्नुहुँदैन।

आगामी निर्वाचनमा देशलाई समयसापेक्ष परिवर्तन गर्नसक्ने र निस्वार्थी जनप्रतिनिधिहरु जितेर आउन् । हामी सबै यही यथार्थको प्रतिक्षामा छौ।