१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात News Polar हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित News Polar गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा News Polar तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै News Polar रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द   News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु News Polar तटबन्धले जोगायो गैँडाकोटको बस्ती News Polar नेपाली क्रिकेट टोली जापानबाट स्वदेश फिर्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र

सुन्तला बिक्री गर्ने तयारीमा गुल्मीका किसान

सुन्तला बिक्री गर्ने तयारीमा गुल्मीका किसान
file photo
अ अ+ अ-

तम्घास । गुल्मीको धुर्कोट गाउँपालिका–२ पिपलधाराका विष्णुप्रसाद खनालको सुन्तला खेती पुख्र्यौली पेसा हो । उहाँको अहिले २९ रोपनी बारीमा सुन्तला बगैँचा छ । कूल एक हजार चार सय सुन्तलाका बिरुवामध्ये आठ सयले उत्पादन दिइरहेका छन् । बाँकी छ सय बिरुवाले अर्को वर्षबाट क्रशमः उत्पादन दिनेछन् । गतवर्ष उहाँले २६ टन सुन्तलाबाट रु १३ लाख आम्दानी गर्नुभएको थियो ।

गतवर्ष उहाँले साना–ठूला गरी सबै दाना बगँैचाबाट नै प्रतिकेजी ५० मा बिक्री गर्नुभयो । यस वर्ष सुन्तलाको उत्पादन राम्रो भएकोले गत वर्षभन्दा बढी आम्दानी हुने उहाँ बताउनुहुन्छ । यस वर्ष पनि उहाँ सुन्तला बिक्री गर्ने तयारीमा हुनुहुन्छ । पेसाले शिक्षक रहनुभएका खनालले सुन्तलाको बिरुवाको लागि आफ्नै बारीमा नर्सरीको स्थापना गर्नुभएको छ । गतवर्ष कृषि ज्ञान केन्द्रको सहयोगमा उहाँले सिँचाइको लागि पोखरीसमेत निर्माण गरेका छन् । ‘सानैदेखि व्यावसायिक बन्ने सोच थियो ।’ उहाँले भन्नुभयो, “दिउँसोमा विद्यालय भए पनि बिदा र बिहान–बेलुकाको समय सुन्तला खेतीमा लगाउँछु ।”

उहाँको फर्मबाट परिवारका सदस्यबाट हुने श्रम बाहेक वार्षिक तीन सय दिन रोजगारी समेत सिर्जना हुने गर्दछ । पिपलधाराका वडाध्यक्ष बाबुराम खड्का पनि सुन्तला किसान हुनुहुन्छ । उहाँले यस वर्ष मात्रै एक हजार सुन्तलाका बिरुवा लगाउनुभयो । केही वर्ष पहिले आठसय बिरुवा लगाउनुभएको थियो । उहाँको पनि पुख्र्यौली पेसा सुन्तला खेती भएकोले अहिले तीन सय ५० बोटले उत्पादन दिइरहेका छन् । ४० रोपनी क्षेत्रफलमा सुन्तलाखेती गर्नुभएका उहाँले सुन्तला रेखदेखको लागि एकजनालाई रोजगारी समेत दिनुभएको छ । सुन्तला राम्रो उत्पादन हुँदा प्रतिबोट चार सय दानासम्म उत्पादन हुने उहाँले बताउनुभयो । ‘लगाएका सबै बिरुवा फल्दा १८ हजार क्वीन्टल सुन्तला उत्पादन हुन्छ ।’ उहाँले भन्नुभयो, “यसबाट अहिलेको बजार मूल्यअनुसार ६० लाखको आम्दानी हुन्छ ।” यसमा खर्च २० लाख कटाउँदा पनि बाँकी ४० लाख नाफा हुने वडाध्यक्ष खड्काले बताउनुभयो ।

राजनीति गरेर मात्रै जीवन नचल्ने भएकोले आफूले पुख्र्यौली पेसालाई व्यावसायिकरण गरेको बताउनुभयो । ‘राजनीतिक नेताहरुको व्यवसाय नहुँदा नागरिकले शङ्का गर्छन् ।” उहाँले भन्नुभयो, “कृषिसँगै जनसेवा गर्ने चाहाना छ ।”

स्थानीय केशव खनालको बगैँचामा पनि अहिले एक हजार सुन्तलाका बोट छन् । विगतदेखि नै सुन्तलाखेती गर्दै आउनुभएका केशव अहिले थप व्यावसायिक बन्नुभएको छ । गत वर्ष मात्रै उहाँले ९० क्वीन्टल सुन्तला बिक्रीबाट छ लाख आम्दानी गर्नुभएको थियो । गतवर्ष उहाँको बगैँचाबाट प्रति केजी रु ५५मा सुन्तला बिक्री भएको थियो । अहिले पनि उहाँको बारीमा दुई सय बिरुवाले फल दिइरहेका छन् । बाँकी आठ सय बिरुवा कलमे र नयाँ लगाएकाले केही वर्षमा फल दिनेछन् । उहाँले चक्लाबन्दी गरेर पनि सुन्तलाका बिरुवा लगाउनुभएको छ ।

निकट भविष्यमा उहाँसँग भएका सबै बिरुवा फल्दा डेढसय क्वीन्टलभन्दा बढी सुन्तला फल्छन् । यसबाट उहाँको आम्दानीमा पनि उल्लेख्य वृद्धि हुनेछ । ‘बजार मूल्यभन्दा कम मूल्य पाउछौँ ।’उहाँले भन्नुभयो, “बगैँचाबाटै सुन्तला बिक्री हुन्छ ।”

चार करोडको सुन्तला निर्यात

पिपलधारा सुन्तला खेतीको लागि प्रख्यात मानिन्छ । यहाँका ६० प्रतिशत नागरिक सुन्तला खेतीमा आवद्ध छन् । पिपलधारामा कूल दुई हजार रोपनी जग्गालाई सुन्तला पकेट एरियाको रुपमा निर्धारण गरिएको छ ।

उक्त जग्गालाई पाँच हजार रोपनीसम्म विस्तार गर्ने योजना वडाको छ । सुन्तला लिनको व्यापारी बगैँचामै आउने गर्दछन् । पिपलधाराको सुन्तला स्थानीय बजार हुँदै तम्घास, अर्घाखाँची, पाल्पा, बुटबललगायतका स्थानमा पुग्ने गर्दछन् । यो वर्ष पनि केही दिनभित्रै सुन्तला निर्यात गर्ने तयारी भइरहेको वडाध्यक्ष खड्काले बताउनुभयो । ‘सुन्तलाको बजारीकरणको लागि कुनै समस्या छैन ।’ वडाध्यक्ष खड्काले भन्नुभयो, “पिपलधाराको पहिचान नै सुन्तलाबाट बनेको छ ।” गतवर्ष मात्रै पिपलधाराबाट चार करोडको सुन्तला निर्यात भएकोमा यो वर्ष चार करोड ५० लाखभन्दा बढीको सुन्तला निर्यात हुने वडाध्यक्ष खड्काले बताउनुभयो । रासस