२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी प्रदेशका दुई मन्त्रीले राजिनामा नदिने



अ+ अ-

बुटवल । लुम्बिनी प्रदेशका दुई मन्त्रीले राजिनामा नदिने भएका छन् । जसपाबाट सरकारमा सहभागी भएका दुई जना मन्त्रीलाई मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिनबाट रोकेका हुन्। ​

मंगलबार भौतिक पूर्वाधार विकास मन्त्री सन्तोषकुमार पाण्डेयले राजीनामा दिएपछि जसपाबाट सरकारमा सहभागी बाँकी दुई मन्त्रीले राजिनामा दिने तयारी गरेका थिए । बुधबार मुख्यमन्त्री पोखरेलले केही समय कुर्न भन्दै राजीनामा नदिन आग्रह गरेका हुन् ।

सत्तारुढ दल नेकपा एमालेको संसदीय दलको बैठकपछि  एउटा निष्कर्षमा पुग्ने योजना छ । हाल प्रदेश सरकारमा जसपाबाट विजयबहादुर यादव र कल्पना पाण्डेय सामेल छन् । 

जसपाबाट पार्टीको निर्णय विपरीत गत वैशाखमा सरकारमा सामेल महन्थ ठाकुर पक्षका चार जनामध्ये सुमन शर्मा रायमाझी केही अघि नै राजीनामा दिएर उपेन्द्र यादव पक्षमा फर्किसकेकी छन् भने सन्तोषकुमार पाण्डेयले पनि सरकारबाट राजीनामा दिइसकेका छन् ।