बुटवल । लुम्बिनी प्रदेशका दुई मन्त्रीले राजिनामा नदिने भएका छन् । जसपाबाट सरकारमा सहभागी भएका दुई जना मन्त्रीलाई मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिनबाट रोकेका हुन्।
मंगलबार भौतिक पूर्वाधार विकास मन्त्री सन्तोषकुमार पाण्डेयले राजीनामा दिएपछि जसपाबाट सरकारमा सहभागी बाँकी दुई मन्त्रीले राजिनामा दिने तयारी गरेका थिए । बुधबार मुख्यमन्त्री पोखरेलले केही समय कुर्न भन्दै राजीनामा नदिन आग्रह गरेका हुन् ।
सत्तारुढ दल नेकपा एमालेको संसदीय दलको बैठकपछि एउटा निष्कर्षमा पुग्ने योजना छ । हाल प्रदेश सरकारमा जसपाबाट विजयबहादुर यादव र कल्पना पाण्डेय सामेल छन् ।
जसपाबाट पार्टीको निर्णय विपरीत गत वैशाखमा सरकारमा सामेल महन्थ ठाकुर पक्षका चार जनामध्ये सुमन शर्मा रायमाझी केही अघि नै राजीनामा दिएर उपेन्द्र यादव पक्षमा फर्किसकेकी छन् भने सन्तोषकुमार पाण्डेयले पनि सरकारबाट राजीनामा दिइसकेका छन् ।