१९ असार २०८३, शुक्रबार
,
Latest
नेप्से परिसूचक आठ अङ्कले घट्यो सरकारका १०० दिनः सार्वजनिक जग्गा संरक्षणदेखि सहकारी बचतकर्ताको रकम फिर्तासम्म सरकारले विद्युत व्यापारमा उचित कदम चाल्न आवश्यक छः काँग्रेस सांसद गुरुङ देउवा पक्षका शीर्ष नेताको बैठक सुरु, कांग्रेसभित्रको आन्तरिक समीकरणबारे छलफल हुने राष्ट्रियसभामा ६ विधेयक टेबुल सरकारले उत्पादनमूलक क्षेत्रमा बजेट केन्द्रित गर्नुपर्दछः एमाले सांसद रखाल कम्पनी रजिष्ट्रार कार्यालयमा मन्त्री यादवको आकस्मिक अनुगमन सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई, कर्मचारीले अब परिसरमै स्वास्थ्य सेवा पाउने शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न जरुरीः सभापति थापा झापाकाे दुवागढीमा आगलागीः एक घर जलेर नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री पोखरेलले दिए राजीनामा



अ+ अ-

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन्। मुख्यमन्त्री पोखरेलले बुधबार बिहान प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा दिएका हुन् । 

नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न भन्दै उनले प्रदेश सभाको बैठक बस्नुअघि नै उनले पदबाट राजीनामा दिएका हुन्। पोखरेलको राजीनामासँगै लुम्बिनीमा नयाँ सरकार गठनको बाटो खुलेको छ।

जसपाका तीन सांसदमाथि पार्टीले गरेको कारबाहीलाई सर्वोच्च अदालतले सदर गरिदिएसँगै मुख्यमन्त्री पोखरेल धरापमा परेका हुन्। मुख्यमन्त्रीविरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले दोस्रोपल्ट अविश्वास प्रस्ताव दर्ता गरिसकेका छन्। 

हाल विपक्षी गठबन्धनसँग ४१ सांसद छन्। त्यसबाहेक एकजना सभामुख पनि छन्। मुख्यमन्त्री (एमाले) सँग भने ३८ जना सांसद मात्र छन्। बहुमतका लागि ४१ जना सांसद आवश्यक पर्छ।