
काठमाडौँ । नेपालका लागि अस्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले आइसीसी पुरुष टी–२० विश्वकप छनोटअन्तर्गतको ग्लोबल छनोटको सेमिफाइनलमा पुगेको नेपाली टिमलाई बधाई तथा शुभकामना दिनुभएको छ ।
उहाँले एक ट्विट गर्दै भन्नुभएको छ, “नेपाली पुरुष क्रिकेट टिमलाई बधाई तथा आइसीसी टी–२० विश्वकप २०२२ को छनोट प्रतियोगिताको आजको सेमिफाइनलका लागि शुभकामना । हामी तपाईंहरुलाई अस्ट्रेलियामा स्वागत गर्न उत्सुक छौँ।” नेपालले आज आइसीसी पुरुष टी–२० विश्वकप छनोटअन्तर्गतको ग्लोबल छनोटको सेमिफाइनलमा नेपालले आज (मङ्गलबार) युएईसँग खेल्दैछ ।
ओमानस्थित अल अमेरात मैदानमा नेपाल र युएईबीचको खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ । यस खेलमा विजेता बन्दै फाइनल पुग्ने टोलीले अष्ट्रेलियामा आगामी अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुने आइसीसी पुरुष टी–२० विश्वकपमा स्थान बनाउनेछ ।