२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar राष्ट्रपति पाैडेलले जारी गरे दुई वटा अध्यादेश News Polar दोधारा–चादँनी झोलुङ्गे पुल पुनःनिर्माण गर्न २० करोड लाग्ने अनुमान News Polar विद्यार्थी केन्द्रित शिक्षा ऐन निर्माणका लागि गण्डकीका सरोकारवालासँग मन्त्रालयको शिक्षा संवाद News Polar खाद्य तथा औषधि प्राधिकरण स्थापना र सञ्चालनबारे छलफल News Polar किष्ट सेन्टरमा क्यान्सरका बिरामीलाई तीन सातासम्म निःशुल्क सेवा News Polar परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालको भेट News Polar टेलिकम जुम्लाद्वारा पाँच हजार ७८९ सिमकार्ड वितरण News Polar आरुघाट पुलमा बेलीब्रिज निर्माणका लागि सात ट्रक सामग्री News Polar पर्वतीय विपद् व्यवस्थापनका लागि नीतिगत पुनरावलोकन गर्नुपर्ने News Polar स्याफ्रुबेसी पुगेर प्रचण्डको अपिल : जलवायु न्यायका लागि नेपाललाई क्षतिपूर्ति देऊ News Polar नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य News Polar वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ News Polar हुलाकलाई जनताको महत्वपूर्ण अंगका रूपमा विकास गर्छौंः सञ्चारमन्त्री तिमिल्सिना News Polar कोरियाका लागि प्रश्तावित राजदुत डा. श्रेष्ठको कार्ययोजनाः ‘कुटनीतिलाई आर्थिक समृद्धि र नागरिक सुरक्षासँग जोड्छु’ News Polar ओमानका लागि प्रस्तावित राजदूत राणाको कार्ययोजनाः श्रम, आर्थिक र जलवायु कुटनीति प्राथमिकतामा News Polar जनशक्ति, बजेट र प्रविधिको अभावका बीच हुलाक सेवालाई सुधार गरिरहेका छौँः महानिर्देशक पंगेनी News Polar चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे News Polar प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी News Polar एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते

भीम आचार्यको ८ बुँदे अपिलः एमालेमा विभाजनकारी प्रवृति हाबी भयो

भीम आचार्यको ८ बुँदे अपिलः एमालेमा विभाजनकारी प्रवृति हाबी भयो
अ अ+ अ-

काठमाडौँ । नेकपा एमाले सचिव भीम आचार्यले विभिन्न शक्तिको प्रयोग गरेर पार्टीलाई फुटाउने प्रयत्न भइरहेको बताएका छन् । 

बुधबार बिहान सामाजिक सञ्जालमार्फत ८ बुँदे अपिल जारी गर्दै पार्टीमा विभाजनकारी प्रवृत्ति हाबी भएको प्रतिक्रिया दिएका हुन् ।

नेता आचार्यले एमाले गम्भीर संकटबाट गुज्रिरहेको उल्लेख गर्दै पार्टी एकताको कुरा गर्नेहरुमाथि आक्रमण गर्ने, निरुत्साहित–हतोत्साहीत गर्न खोज्ने, अनेक आरोप लगाएर बदनाम गर्ने प्रयास भइरहेको बताएका छन् । 

यतिबेला नेकपा एमालेमा विभाजन कारी प्रबृत्ति हाबि भएको ले यो गम्भिर संकटबाट गुज्रिरहेको छ।

१. एकातिर गत फागुन २८ गते बाट सुरु भएको बिभाजन कारी प्रबृत्ति हरु कतिपय बोलि, बचन, काम, ब्यवहार र निर्णय हरु मा हालसम्म पनि प्रकट भैरहेका छन्।

२. अर्कोतिर त्यो प्रवृत्तिको बिरोध मा पार्टी एकता को झण्डा उठाउनु पर्ने अपेक्षा गरिएको पक्ष्यका काम, कारबाही,सर्त,माग र गतिविधि हरु बिभाजन कै पक्ष्यमा प्रकट भैरहेका हुन कि भन्ने आशंका बढेर गएको छ।

३.पक्ष्य २ वटा प्रबृति एउटै बिभाजन कारी नहोस् भन्ने आम कार्यकर्ताको अपेक्षा हो।

४.दुनियाभरकै प्रतिकृयावादी शक्ति हरु, देशभित्रका प्रतिगामी सत्ता च्युत तत्वहरू र राम्रो काम गरेर होईन अरुलाई बिगारेर, छिर्के लगाएर, फुटाएर सत्तामा जान लालायीत प्रतिश्पर्धि शक्ति नेकपा एमालेलाई फुटाउने प्रयत्न गरीरहेको छ।

५. नेकपा एमालेका देश बिदेशमा भयका लाखौं कार्यकर्ता,समर्थक,सुभचिन्तक तथा जनसमुदाय हरु नेपालको बामपन्थी आन्दोलन र नेकपा एमाले को एकता को पक्ष्यका छन् तर उनिहरु पार्टी बचोस भन्नै अपेक्षा गर्ने तर केही गर्न नसक्ने तमासे जस्ता भयका छन र विडम्बना उनी हरु नेतृत्व विहिन पनि छन्।

६.गत असार २७ गते भएको १०बुदे सहमति सम्मान जनक पार्टी एकता को मुख्य आधार हो। यसैमा टेकेर एकता को शुभारम्भ गर्दै थप समस्या हरु हल गर्दै जान सकिन्छ।विना जालझेल, छलछाम र हिच्किचाहट रुपमा यसलाई लागु गर्नु पर्दछ।

७.हाल पार्टी एकता को कुरा गर्ने हरु माथि आक्रमण गर्ने, निरुत्साहित-हतोत्साहीत गर्न खोज्ने, अनेक आरोप लगाए र बदनाम गर्ने प्रयास हरु भैरहेका छन्। त्यसबाट एकता पक्ष्यधरहरु हतोत्साहित हुनु हुदैन।

८.टुट-फुट र बिभाजन कारी प्रबृत्ति लाई हतोत्साहित गर्दै संगिन घडी मा पुगेको पार्टी एकता को रक्षा गर्न र त्यसमा बल प्रदान गर्न म देश-विदेशमा रहनुभएका सम्पूर्ण न्याय प्रेमी नेपाली दाजुभाई दिदी बहिनी हरु मा हार्दिक अपिल गर्दछु।