९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक

मतदाता रिझाउने नयाँ शैलीः किसानको खेतमा धान काटेर सहयोग गर्दै प्रत्यासी

मतदाता रिझाउने नयाँ शैलीः किसानको खेतमा धान काटेर सहयोग गर्दै प्रत्यासी
अ अ+ अ-

सुदूरपश्चिम । तराइका जिल्लामा किसानहरु लाई अहिले खेतमा पाकेर लहलह झुलेको धान काटन भ्याइनभ्याइ छ । उनिहरुलाई मङ्सिर ४ गते तोकिएको संसदिय निर्वाचनका बारेमा सोच्ने र बुझ्ने पनि त्यति फुर्सद छैन । तर, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मनोनयन दर्तासँगै कैलाली जिल्लामा उम्मेदवारका समर्थकले किसानका खेतमा पाकेको धान काट्न सहयोग गरेर मतदाता रिझाउने नयाँ शैली अपनाएका छन् ।

निर्वाचन क्षेत्र नं ५ को उर्मा क्षेत्रमा दुई दिनअघि मात्रै उम्मेदवारका समर्थकले किसानको खेतमा धान काट्ने काममा सहयोग गरेर मतदाता रिझाउने प्रयास गरेका हुन् । “धान भित्र्याउन किसानलाई समस्या पर्दा कार्यकर्ताबाट स्वःस्फूर्तरुपमा सहयोग भएको हो”, प्रदेशसभाका प्रत्यासी रमेश धामीले भन्नुभयो, “किसानलाई समस्या पर्दा आफूहरु जहिले पनि सहयोगी बन्ने गरेका छौँ ।”

चुनावी प्रसारप्रचारका लागि समर्थकसहित प्रत्यासी गाउँबस्तीमा पुग्न थालेपछि चुनावी रौनक बढ्न थालेको छ । सबै दलका र स्वतन्त्र उम्मेदवारले वडा टोलमा प्रचारप्रसारका लागि सम्पर्क कार्यालय खोलेर आआफ्नो चुनावी अभियान सुरु गरिसकेका छन् ।

सत्ता गठबन्धनका अमृत बिसीले भन्नुभयो, “पहिलो चरणमा पार्टी पंक्तिलाई चुनावी प्रचारप्रसारका लागि क्रियाशील बनाइरहेका छौँ, विस्तारै घरदैलोमा जान लागेका छौँ ।”सत्ता गठबन्धनमा आबद्ध दलले हालैको स्थानीय तहको निर्वाचनमा भएको कमीकमजोरीलाई ध्यान दिएर चुनावी परिणाम आफ्नो पक्षमा पार्ने रणनीति बनाइरहँदा छुट्टाछुट्टै प्रत्यासी उठाएका नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी, राप्रपालगायतका प्रत्यासी पनि आफ्नो पक्षमा माहोल बनाउन लागिपरेका छन् ।

“स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गर्दा भएको कमीकमजोरीले सोचेजति सफलता पाउन सकिएन”, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं धनगढी उपमहानगरपालिकाका निवर्तमान प्रमुख नृपबहादुर ओडले भन्नुभयो, “आउने निर्वाचनमा गठबन्धनका प्रत्यासीलाई विजयी बनाउन कुनै कमी कमजोरी हुन नदिने गरी तयारी भइरहेको छ ।”

नेकपा एमालेका युवा नेता चूडामणि भट्टले आफ्नो दलका प्रत्यासीलाई विजयी बनाउने गरी पार्टीको पूरै पङ्क्तिलाई क्रियाशील गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सबै निर्वाचन क्षेत्रमा चुनावका लागि आवश्यक सबै तयारी गरेका छौँ ।”

नेकपा माओवादी केन्द्रका नेता एवं प्रदेशसभाका प्रयासी रमेश धामीले सत्ता गठबन्धनका प्रत्यासीलाई विजयी बनाउने गरी प्रचारप्रसारको अभियान थालिएको जानकारी दिनुभयो । निर्वाचन क्षेत्र नं ५ ९धनगढी क्षेत्र० सुदूरपश्चिम प्रदेशको राजधानी, एकमात्र उपमहानगरपालिका र प्रमुख व्यापारिक केन्द्र भएकाले यो क्षेत्रको निर्वाचनलाई आम मतदाताले बढी चासोका साथ हेर्न थालेका छन् ।
नेपाली कांग्रेसका नेता एवं पूर्वराज्यमन्त्री पुस्करनाथ ओझाले प्रतिनिधिसभामा र कांग्रेसकै अर्का युवा नेता क्षितिज भण्डारीले प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएपछि पनि यो क्षेत्रको निर्वाचनमा बढी चासो देखिएको छ ।

प्रदेशसभामा कांग्रेस नेत्री डा आराजु राणा देउवाका सहयोगी एवं युवा नेता प्रकाशबहादुर देउवाले पार्टीकोतर्फबाट टिकट पाउनुभएको छ । यसै क्षेत्रमा एमालेका तर्फबाट दुर्गाप्रसाद जोशी, राप्रपाका शिवराज भण्डारी, नागरिक उन्मुक्ति पार्टीका गोठु चौधरी, नेकाँ बिपीबाट दीपकराज खैर, नेमकिपाका रामबहादुर दर्लामीमगर पनि प्रत्यासी हुनुहुन्छ ।

प्रतिनिधिसभाका लागि एमालेका नेता एवं पूर्वमन्त्री नारदमुनी राना र नेपाली कांग्रेसका प्रभावशाली नेता डिल्लीराज पन्तले टिकट पाउनुभएको छ । यस्तै लोसपाका दानबहादुर विश्वकर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका ईश्वरी विष्ट, नेमकिपाका नन्दाकुमारी दर्लामीमगर, स्वतन्त्र गगनबहादुर धामी, जगदीश चौधरी, रामबहादुर सिंह र सत्यराज उपाध्यायसमेत प्रतिस्पर्धामा हुनुहुन्छ ।

मुख्यगरी सत्ता गठबन्धन र एमालेका प्रत्यासीबीच कडा प्रतिस्पर्धा हुने अड्कलबाजी स्थानीय मतदाताको छ । स्वतन्त्र उम्मेदवारी दिनुभएका पुस्करनाथ ओझालाई पनि बलियो प्रतिस्पर्धीका रुपमा हेरिएको छ ।

कांग्रेस, एमाले, माओवादीलगायतका पार्टीमा टिकट वितरणमा देखिएको आन्तरिक किचलोले बढेको असन्तुष्टि र स्वतन्त्र उम्मेदवार पार्टीका प्रत्यासीका लागि चुनौतीका रुपमा देखिएको कार्यकर्ताको बुझाइ छ ।

हालैको सम्पन्न स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर धनगढी उपमहानगरको प्रमुखमा विजयी गोपाल हमालले पाएको मत जसले आफूतिर तान्न सक्यो उसैको पल्ला भारी हुने अर्कोथरी मतदाताको विश्लेषण छ ।

एक लाख पाँच हजार सात सय ९३ मतादाता रहेको निर्वाचन क्षेत्र ५ ९धनगढी क्षेत्र०मा बाहुन, क्षेत्री, ठकुरी, दलित, डगौरा थारु र रानाथारुको बाहुल्यता छ । पाँच वर्षअघिको निर्वाचनमा यो क्षेत्रमा तत्कालीन वाम गठबन्धनका तर्फबाट प्रत्यासी बन्नुभएका एमालेका नारदमुनी रानासँग कांग्रेस नेत्री डा आरजु राणा देउवा पराजित हुनुभएको थियो । यस्तै प्रदेशसभा ‘क’ मा एमाले र ‘ख’ मा कांग्रेस विजयी भएको थियो ।

निर्वाचन क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिनुभएका नेकपा एमालेका नेता एवं पूर्वमन्त्री लेखराज भट्ट र कांग्रेस सुदूरपश्चिम प्रदेश समिति सभापति एवं पूर्वमन्त्री वीरबहादुर बलायरको कडा टक्कर हुन लागेको मतदाताको विश्लेषण छ ।

एमाले सुदूरपश्चिम प्रदेश इञ्चार्जको जिम्मेवारी पाउनुभएका भट्टलाई आफ्ना पूर्वसहकर्मी कार्यकर्ता र एमालेभित्रैको असन्तुष्ट समूह चुनौती बन्नसक्ने कार्यकर्ताको भनाइ छ ।

कांग्रेस नेता बलायर पार्टीमा साङ्गठनिक क्षमता भएको नेताका रुपमा चिनिनुहुन्छ । टिकट वितरण गर्दा पार्टीभित्र देखिएको असन्तुष्टि बलायरका लागि चुनौती बन्नसक्ने विष्लेषण हुन थालेको छ । विगतमा डोटीबाट निर्वाचनमा प्रत्यासी बन्दै आउनुभएका बलायरलाई कैलालीबाट टिकट दिइएपछि टिकटका आकाङ्क्षी स्थानीय नेतामा असन्तुष्टि छ ।

यो क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि नागरिक उन्मुक्ति पार्टीका कइँया चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीका गोविन्दप्रसाद भट्ट, मौलिक जरोकिलो पार्टीका चेतराज साउद, राप्रपाका जयबहादुर धामी, नेपाल सङ्घीय समाजवादीका भीमबहादुर थापामगर, जनता प्रगतिशील पार्टी नेपालका मोहनदेव मिश्र, नेमकिपाका सीतारम पण्डित र स्वतन्त्र मेखराज जोशी पनि प्रतिस्पर्धी हुनुहुन्छ ।

यो क्षेत्रमा पर्ने गोदावरी नगरपालिका, गौरीगंगा नगरपालिका तराईका र चुरे गाउँपालिका पहाडी क्षेत्रका हुन् । बाहुन, क्षेत्री, ठकुरी, दलित, मगर, डगौरा चौधरी र रानाथारुको बसोबास रहेको यो क्षेत्रमा एक लाख १० हजार चार सय ५३ मतदाता छन् ।

गएको पालिका तहको चुनावमा यो क्षेत्रमा कांग्रेससहितको गठबन्धनले ल्याएको मत अन्य दलको तुलनामा धेरै छ । पाँच वर्षअघिको प्रतिनिधिसभा निर्वाचनमा यो क्षेत्रमा माओवादीका पूर्वनेता लेखराज भट्टले कांग्रेसका सुनिलकुमार भण्डारीलाई पराजित गर्नुभएको थियो । रासस