२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar राष्ट्रपति पाैडेलले जारी गरे दुई वटा अध्यादेश News Polar दोधारा–चादँनी झोलुङ्गे पुल पुनःनिर्माण गर्न २० करोड लाग्ने अनुमान News Polar विद्यार्थी केन्द्रित शिक्षा ऐन निर्माणका लागि गण्डकीका सरोकारवालासँग मन्त्रालयको शिक्षा संवाद News Polar खाद्य तथा औषधि प्राधिकरण स्थापना र सञ्चालनबारे छलफल News Polar किष्ट सेन्टरमा क्यान्सरका बिरामीलाई तीन सातासम्म निःशुल्क सेवा News Polar परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालको भेट News Polar टेलिकम जुम्लाद्वारा पाँच हजार ७८९ सिमकार्ड वितरण News Polar आरुघाट पुलमा बेलीब्रिज निर्माणका लागि सात ट्रक सामग्री News Polar पर्वतीय विपद् व्यवस्थापनका लागि नीतिगत पुनरावलोकन गर्नुपर्ने News Polar स्याफ्रुबेसी पुगेर प्रचण्डको अपिल : जलवायु न्यायका लागि नेपाललाई क्षतिपूर्ति देऊ News Polar नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य News Polar वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ News Polar हुलाकलाई जनताको महत्वपूर्ण अंगका रूपमा विकास गर्छौंः सञ्चारमन्त्री तिमिल्सिना News Polar कोरियाका लागि प्रश्तावित राजदुत डा. श्रेष्ठको कार्ययोजनाः ‘कुटनीतिलाई आर्थिक समृद्धि र नागरिक सुरक्षासँग जोड्छु’ News Polar ओमानका लागि प्रस्तावित राजदूत राणाको कार्ययोजनाः श्रम, आर्थिक र जलवायु कुटनीति प्राथमिकतामा News Polar जनशक्ति, बजेट र प्रविधिको अभावका बीच हुलाक सेवालाई सुधार गरिरहेका छौँः महानिर्देशक पंगेनी News Polar चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे News Polar प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी News Polar एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते

पोखरामा विमानस्थल बन्यो, अब प्याराग्लाइडिङको चिन्ता

पोखरामा विमानस्थल बन्यो, अब प्याराग्लाइडिङको चिन्ता
अ अ+ अ-

पोखरा । पोखरा प्राकृतिक सुन्दरतासँगै साहसिक पर्यटनको सहरका रुपमा पनि परिचित छ । पोखराको प्याराग्लाइडिङले साहसिक पर्यटनका क्षेत्रमा धेरै पर्यटकको मन जितेको छ । यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पछिल्लो पटक प्याराग्लाइडिङ पनि पर्ने गरेको छ ।  
     
पहिलो चरणको कोरोना महामारीको बन्दाबन्दीपछि खुलेको समयमा त पोखराको प्याराग्लाइडिङ आन्तरिक पर्यटकको पनि विशेष रोजाइमा पर्यो । सायद महिनौँदेखि घरमै थुनिएर बस्नु परेका नेपालीहरु बन्दाबन्दी खकुलो भएसँगै राम्रोसँग रमाउन चाहेर पनि हुनसक्छ, पोखरा आएका धेरैले प्लाराग्लाइडिङ नै रोजेका थिए । पोखराको पर्यटनलाई चलायमान बनाउन पनि यसले निकै सहयोग पुर्यायो । कम्पनीले ५० देखि ६० प्रतिशत छुटसहित दैनिक पाँच सयदेखि सात सय उडानले पोखराको आकाशलाई रङ्गीन बनाएको थियो भने आन्तरिक पर्यटक बढ्दा व्यवसायीमा पनि बन्दपछिको अवस्थामा केही आशा पलाएको थियो । 

यतिबेला पोखराको पर्यटन फेरि कोरोना भाइरसको नयाँ प्रजातिका कारण क्षेत्र ठप्प छ । पर्यटन व्यवसायीहरु सहज खोप र पर्यटनमैत्री नीति ल्याएर यस क्षेत्रका व्यवसायीलाई विस्थापित हुनबाट जोगाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराइरहेका छन् । यसैबीच पोखराको क्षेत्रीय विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगिरहँदा यस क्षेत्रका प्याराग्लाइडिङ व्यवसायीहरु व्यवसायको भविष्य खोज्दै निरन्तरताको खोजीमा जुटेका छन् ।

सन् २०१७ मा पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य प्रारम्भ भएदेखि नै पोखराको सराङकोटबाट प्याराग्लाइडिङ उडान निरन्तरता हुन सक्छ कि सक्दैन भन्ने विषयले चर्चा पाएको थियो । अहिले विमानस्थलको काम करिब ८२ प्रतिशत सम्पन्न भइसकेको छ । निकट भविष्यमै सञ्चालनमा आउन लागेको विमानस्थलका कारण वर्षौंदेखि सञ्चालन भइरहेको प्याराग्लाइडिङ विस्थापित गर्नुपर्ने अवस्था आउने त होइन भन्ने चिन्ता यतिबेला व्यवसायीमा देखिएको छ ।  

यसैबीच हवाई खेलकुद संस्था (ना) को टोलीले केही दिनअघि विमानस्थलको अवलोकन गरेर व्यवस्थापनसमक्ष प्याराग्लाइडिङ व्यवसायीका संस्थागत धारणाहरु राखेको छ । संस्थाका अध्यक्ष कृष्ण भण्डारीले पोखराको साहसी खेलका रुपमा ब्रान्डिङ भएको प्याराग्लाइडिङलाई उच्चतम प्रविधि र व्यवस्थापनमा जोड दिएर सोही स्थानबाट निरन्तरता पाउनेमा आफू विश्वस्त रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “केही प्राविधिक कुराहरु देखाइएको छ तर उच्च प्रविधिको प्रयोगसँगै व्यवस्थापन गर्न सक्यो भने उडान असम्भव छैन, सिङ्गापुरमा प्रत्येक सेकेन्डमा हवाई उडान सम्भव छ भने यहाँ यी कुराहरु व्यवस्थापन गर्न  असम्भव  छैन ।”

उहाँले नेपालकै लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थल विश्वकै जोखिमयुक्त विमानस्थलमध्ये एक नम्बरमा रहे पनि कुशल व्यवस्थापनका कारण सुरक्षाको प्रत्याभूतका साथ सञ्चालन भइरहेको उदाहरण दिनुभयो । “नागरिक उड्डयन प्राधिकरणले पनि कुशल व्यवस्थपनमा जोड दिन सके विमानस्थल सञ्चालनसँगै प्याराग्लाइडिङ सञ्चालनमा बाधा पुग्दैन”, भण्डारीले भन्नुुभयो । 

विमानस्थल निर्माण कार्य अन्तिम चरणमा पुग्दै गर्दा अब हुने ‘अपरेशन प्रोस्युडियर डिजाइन’मा प्याराग्लाइडिङलाई पनि सोही स्थानमा सञ्चालन गर्न सक्ने गरी योजना बनाउन व्यवस्थापनसमक्ष माग गरेको बताउनुभयो । 

संस्थाका महासचिव बलराम आचार्यले पोखरामा प्याराग्लाइडिङ उडान प्राविधिक हिसाबले समस्या देखिएको हो भने अन्तर्राष्ट्रिय अभ्यासहरु हेरेर सोही मोडेलअनुरुप निरन्तरता दिन सकिने बताउनुहुन्छ । “समस्याहरु होलान् तर समाधान हुनै नसक्ने समस्या देखिँदैन, मात्र विज्ञले ‘सेफ जोन’ बनाएर नीतिनियमको कडाइका साथ पालन गर्ने हो भने विमानस्थलसँगै प्याराग्लाइडिङ पनि उडान गर्न सकिन्छ”, आचार्यले भन्नुभयो । 

पर्यटकीय गतिविधिको एउटा उत्पादन प्याराग्लाइडिङ पनि भएकाले यसलाई यहाँबाट विस्थापित गर्दा पर्यटकीय आकर्षण कमी आउन सक्ने अनुमान उहाँको छ । उहाँले २०७६ साल भदौ १६ गते नागरिक उड्डयन मन्त्रालयको निर्णयअनुसार पाराग्लाइडिङ सञ्चालन तथा व्यवस्थापनसम्बन्धी अध्ययन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक सुभाष झाको संयोजकत्वमा आठ सदस्यीय कार्यदल गठन भएको र त्यसले क्षेत्रीय विमानस्थल सञ्चालनमा आएपश्चात् आउने अवस्थाका बारेमा जानकारी गराएको बताउनुभयो ।

कार्यदलले प्याराग्लाइडिङबारे बुझाएको प्रतिवेदनमा दुई विकल्प उल्लेख छ । पहिलो विकल्पमा साबिकको क्षेत्रबाट सेवा सञ्चालन गर्नका लागि केही सर्त अघि सारेको छ जसमा आधुनिक प्रविधिको प्रयोग गर्दै वा अन्य कुनै व्यवस्थापकीय माध्यम अपनाई यस्तै प्रकृतिका अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा प्याराग्लाइडिङ अपरेशन गरिरहेका स्विट्जरल्यान्ड, इटाली, फ्रान्स लगायतका देशले अवलम्बन गरेका नमूनास्वरुप गर्न सुझाएको छ । प्याराग्लाइडिङ अपरेशनका लागि दुई घण्टा समय तोक्ने, ‘प्याराग्लाइडिङ जोन’को अधिकतम उचाइलाई कडाइका साथ पालन गरेर एटीसी टावरमा अत्याधुनिक प्रविधिबाट निगरानीे गर्ने र कन्ट्रोल गर्न सकिने प्रतिवेदनको सुझाव दिएको छ । 

त्यसैगरी दोस्रो विकल्पका रुपमा कार्यदलले साबिक क्षेत्रभन्दा अन्य क्षेत्रबाट सञ्चालन गर्न सक्ने उल्लेख गरेको छ । हाल सञ्चालनमा आइरहेको सराङकोट, तोरीपानी, मान्द्रेढुङ्गा क्षेत्रबाहेकका क्षेत्रहरुबाट प्याराग्लाइडिङ सञ्चालन गराउनु पर्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको एयरस्पेसभन्दा बाहिर पर्ने तर पोखरा उपत्यका आपासका क्षेत्रहरु पञ्चासे, माछापुच्छ्रे गाउँपालिका लगायतका क्षेत्रहरुबाट सञ्चालन गराउनसक्ने जनाएको छ ।
 
विमानस्थल आयोजना प्रमुख बिनेश मुनकर्मीले अन्तर्राष्ट्रिय उडान र अवतरणमा सराङकोट क्षेत्र प्रयोग नहुने भए पनि अवतरण हुन नसकेका अवस्थामा सिधै जहाज सराङ्गकोटतर्फ उड्ने भएकाले सो ठाउँ सुरक्षाका हिसाबले त्यति उपयुक्त हुन नसक्ने धारणा राख्नुभयो । अर्कातर्फ आन्तरिक उडानको रुट नै त्यही क्षेत्र पर्ने भएकाले प्याराग्लाइडिङ सञ्चालनमा बाधा पुग्न सक्ने उहाँको भनाइ थियो । मुनकर्मीले यस विषयमा आफूहरु सकारात्मक रहेपछि जहाज उडान र अवतरणको काम निकै संवेदनशील भएकाले सुरक्षालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । यद्यपि, उहाँले आफू यस विषयको विज्ञ नभएकाले अहिले नै हुन्छ या हुन्न भन्नुभन्दा पनि प्राविधिक विज्ञहरुको अध्ययनपश्चात् मात्र आधिकारिक धारणाबाहिर आउँदा राम्रो हुने बताउनुभयो । 

परामर्श समूहका प्रमुख यम भण्डारीले समग्र अध्ययन र ‘म्यापिङ’ बिना नै अहिले यस विषयमा भन्न नमिल्ने बताउनुभयो । “प्राविधिक तथा हवाई सुरक्षाको अवस्था अध्ययन गरेर मात्र विकल्पहरु खोज्न सकिन्छ तर अहिले नै प्याराग्लाइडिङ सञ्चालन गर्न सकिन्छ, सकिँदैन भन्ने निष्कर्षमा जान मिल्दैन,” भण्डारीले भन्नुभयो । 
    
पोखरा र आसपास क्षेत्रमा सर्वप्रथम सन् १९९७ देखि अल्ट्रालाइट विमानबाट तथा सन् २००१ देखि यन्त्ररहित प्याराग्लाइडरबाट सेवा सञ्चालन भएको थियो । त्यसयता ७९ वटा कम्पनी सञ्चालनमा आएका छन् । प्याराग्लाइडिङ कम्पनी ७०, प्याराग्लाइडिङ फ्लाइङ स्कुल तीन, अल्ट्रालाइट कम्पनी चार र हटएयर बेलुन कम्पनी एकवटा सञ्चालनमा छन् । संस्थाका उपाध्यक्ष अनिल केसीका अनुसार हाल प्याराग्लाइडिङका ६० वटा कम्पनी सञ्चालनमा रहेका छन् । करिब रु एक अर्बको लगानी रहेको यस क्षेत्रमा पोखरामा मात्रै तीन सय ४२ जना नेपाली प्यारापाइलटले व्यावसायिक उडान भरिरहेका छन् । विदेशी प्यारापाइलट करिब १५ जना रहेका छन् । प्याराग्लाइडिङ क्षेत्रमा एक हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको केसीको भनाइ छ । 

विगत केही वर्षयता दिनानुदिन बढ्दै गइरहेको साहसिक, मनोरञ्जनात्मक उड्डयन क्रियाकलापहरुको बढोत्तरीले गर्दा यस क्षेत्रको सञ्चालन र व्यवस्थापनमा थप नयाँ समस्या र चुनौतीहरु थपिँदै गइरहेको संस्थाका सल्लाहकार शैलेन्द्र राउतले बताउनुभयो । उहाँका अनुसार उडान नियमावलीको व्यवस्था र अन्तर्राष्ट्रिय प्रचलनसमेतका आधारमा प्याराग्लाइडिङको नियमन र व्यवस्थापनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले गण्डकी प्रदेशभित्र सञ्चालन हुने प्याराग्लाइडिङ सेवाको प्रभावकारी नियमन र सञ्चालन गर्न÷गराउनका लागि हाल नेपाल हवाई खेलकुद संस्था ९ना० पोखरालाई प्राधिकारिक संस्था तोकी सोही संस्थामार्फत तोकिएका कार्यहरु सम्पादन हुँदै आएको छ ।   

सन् २०१७ को नोभेम्बरदेखि राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२१ को जुलाई १० मा निर्माण सक्नुपर्ने सम्झौता थियो । चिनियाँ ठेकेदार कम्पनी सीएएमसीईले तोकिएको समय सीमाभन्दा छ महिनाअघि निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने बताउँदै आए पनि कोरोनाका कारण विमानस्थलको एक वर्ष थप गरेर १० जुलाई २०२२ सम्म धकेलिएको छ । रासस