२ पुष २०८२, बुधबार
,
Latest
बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ- नेता कोइराला देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम एमाले महाधिवशेन : मतदान जारी, ८०२ द्वारा मतदान खगेन्द्रप्रसाद र रुद्रकली कतारका लागि उडे त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानका लागि बोलाउने जेन–जी आन्दोलन जाँचबुझ आयोगको तयारी सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्मीका दीपक अधिकारीले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जिते



अ+ अ-

पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको पुरुष १० हजार मिटर दौडमा विभागीय टोली त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका छन् ।

पोखरा रङ्गशालामा आज भएको खेलमा उनले ३० मिनेट १० दशमलव ३० सेकेन्डमा निर्धारित दूरी पार गर्दै स्वर्णपदक जितेका हुन् । दीपकले एपीएफ क्लबका गोपीचन्द्र पार्कीको कीर्तिमानलाई तोड्दै नयाँ कीर्तिमान कायम गरेका हुन् । यसअघि गोपीचन्द्रको नाममा ३० मिनेट ३० दशमलब ९९ सेकेन्डको कीर्तिमान थियो ।

सोही स्पर्धामा गोपीचन्द पार्कीले निर्धारित दूरी ३० मिनेट ३८ दशमलव ३० सेकेन्डमा पूरा गर्दै रजत पदक प्राप्त गरे । सोही स्पर्धामा आर्मीकै गजेन्द्र राई तेस्रो भए । उनले निर्धारित दूरी ३० मिनेट ४९ दशमलव ५० सेकेन्डमा पूरा गरेका थिए ।

त्यस्तै एथलेटिक्सको चार सय मिटर महिला हर्डल्समा त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन् । उनले निर्धारित दूरी एक मिनेट ०४।१३ सेकेन्डमा पूरा गर्दै कीर्तिमानसहित स्वर्ण पदक जितेकी हुन् । आफ्नै नामको कीर्तिमान सुधार गरेकी जयरानीले यसअघि ४४औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा एक मिनेट ०७ दशमलब दुई सेकेन्डको कीर्तिमान बनाएकी थिइन् ।

सोही स्पर्धामा एपीएफकी भागीरतीकुमारी थारुले एक मिनेट छ दशमलव छ सेकेन्डमा पूरा गर्दै रजत पदक जितिन् भने एपिएफकै कल्पना श्रेष्ठले एक मिनेट ०६दशमलव ५१ सेकेण्डको समय निकाल्दै कास्य पदक हात पारिन ।
विभागीय त्रिभुवन आर्मी क्लबका खगिता सिञ्जाली मगर र सूर्यबहादुर खत्रीले नवौंँ राष्ट्रिय खेलकुद अन्तर्गतको हाइजम्पमा स्वर्ण जितेका छन् ।

खगिताले महिलातर्फ तथा सूर्यले पुरुषतर्फ स्वर्ण पदक जितेका हुन् । सूर्यले एक दशमलव९० मिटर जम्प गर्दै स्वर्ण जित्दा बागमतीका निकेश महतोले एक दशमलव७५ मिटर जम्प गर्दै रजत जिते । पुलिसका रोशन दनुवारले पनि एक दशमलव ७५ मिटर जम्प गर्दै कास्य जित्न सफल भए ।महिलातर्फ खगिता सिञ्जाली मगरले एक दशमलव५२ मिटर जम्प गर्दै स्वर्ण पदक जितिन् । आर्मीकै विन्दु थनेतले एक दशमलव ५० मिटर जम्प गर्दै रजत जितिन् । गण्डकीकी सिमा श्रेष्ठले एक दशमलव४२ मिटर जम्प गर्दै कास्य जितिन् ।