• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
Latest
★   ओली संविधानको धारा ७६ (२) अनुसार नै प्रधानमन्त्री बन्नुहुन्छ: काँग्रेस सांसद बडू ★   बाउन्न किसिमका रोग सङ्क्रामकको सूचीमा ★   विपद् जोखिम बढ्यो, एक महिनामा ६२ को मृत्यु ★   विपदबाट प्रभावित जनताको जिउधनको रक्षाका निम्ति सम्पूर्ण तागत लगाऔँ : प्रधानमन्त्री ★   प्रचण्ड सरकारले विदेशबाट हुर्रा र मुर्रा मात्रै ल्यायो: सांसद शर्मा ★   ‘मिर्जापुर’ सिरिजमा देखिएका यी स्टारहरुको मृत्यु, एक जनाको शव बाथरुममा सडेको भेटिएको थियो ★   कार्यदलले प्रधानमन्त्रीलाई बुझायो ‘फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव प्रतिवेदन २०८१’ सम्बन्धी प्रतिवेदन ★   सोमबारदेखि सरकारी खाता रोक्का, चालु आवको भुक्तानी हुने अन्तिम दिन पनि सोमबार ★   एकै दिन ३४ लाख बाढीसम्बन्धी एसएमएस सम्प्रेषण ★   राष्ट्रपति पौडेलद्वारा जगन्नाथ रथ यात्राको शुभारम्भ

उपराष्ट्रपति पुनद्वारा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको अवलोकन



गण्डकी । उपराष्ट्रपति नन्दबहादुर पुनले अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको आज अध्ययन अवलोकन गर्नुभएको छ । हिमाल र हिमालीको गतिविधिबारेमा सङ्ग्रह गरी प्रदर्शन गरिएको सङ्ग्रहालयको उहाँले रुचिपूर्वक अवलोकन गर्नुभएको हो ।

नेपाल पर्वतारोहण सङ्घद्वारा पोखरा महानगरपालिका–१७ रातोपैह्रामा निर्माण गरी सञ्चालनमा आएको सङ्ग्रहालय भवनभित्र विभिन्न चार कक्षअन्तर्गत १२ उपकक्षमा सङ्ग्रहित सामग्री प्रदर्शनमा राखिएको छ । सङ्ग्रहालयको पर्वतीय मानव कक्ष, हिमालीको सामाजिक, सांस्कृतिक, धार्मिक एवं आर्थिक क्रियाकलाप झल्काउने सामग्री, विश्वका पर्वत शृङ्खलाको उत्पति, भौगर्भिक महत्व, वन्यजन्तु, वनस्पति तथा खनिज पदार्थको प्रदर्शन गरिएको सङ्ग्रहालयका निर्देशक निर्मलाकुमारी न्यौपानेले उपराष्ट्रपति समक्ष जानकारी गराउनुभयो ।

उहाँका अनुसार उक्त कक्षमा विश्वका पर्वत शङ्खलामा हुने पर्वतारोहण, पदयात्रा, स्कीइङ, शिकार, अनुसन्धान जस्ता मानवीय गतिविधिका महत्वपूर्ण एवं ऐतिहासिक पक्षको प्रदर्शनी गरिएको छ । विश्वका हिमाल र हिमाली क्षेत्रका बारेमा अनुसन्धान गर्ने अध्येता, अन्वेषकका लागि उपयुक्त थलोका रुपमा लिइएको सङ्ग्रहालय परिसरमा निर्माण बोटानिकल गार्डेन, मनास्लु हिमालको मोडल, ढलोटको याकलगायतका विविध संरचना निर्माण गरिएको छ ।

सो अवसरमा उपराष्ट्रपति पुनले सङ्ग्रहालयमा राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै पर्यटन प्रवद्र्धनमा सङ्ग्रहालयको महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।