१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकपः नामिबियाले श्रीलंकालाई ५५ रनले हरायो



अ+ अ-

एजेन्सी । नामिबियाले अष्ट्रेलियामा जारी टी–२० विश्वकपको जितसहित सुरुवात गरेको छ । आइतबार भएको छनोट खेलमा नामिबियाले श्रीलंका जस्तो महान टोलीलाई ५५ रनले पराजित गरेको हो ।

श्रीलंकाले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएको नामिबियाले श्रीलंकालाई १ सय ६४ रनको लक्ष्य दिएको थियो । खराब सुरुवातबाट गुज्रिएको नामिबियाले अन्तिम ५ ओभरमा ६८ रन बनाएको थियो ।

१६४ रनको लक्ष्य पछ्याएको श्रीलंकाको सम्पूर्ण टोली १०८ रनमा अलआउट भयो । खेलमा श्रीलंकाको ब्याटिङ पूर्ण रुपमा फ्लप रह्यो । कप्तान शनाकाले सर्वाधिक २९ रन बनाए ।

नामिबियाका जेन फ्राइलिंक र जेजे स्मितले ६९ रनको साझेदारी गरे । दुवैले महत्वपूर्ण अवसरमा श्रीलंकाका तीन महत्वपूर्ण विकेट पनि लिएका थिए ।

यस जितको नायक जेन फ्राइलिंक थिए । उनले ब्याट र बल दुबैमा सानदार प्रदर्शन गरे । ब्याटिङका क्रममा ४४ रन बनाएका उनले बलिङतर्फ दुई विकेट पनि लिए । नामिबियाका लागि डेभिड विसे, बर्नार्ड स्कोल्ट्ज, बेन शिकोङ्गो र जेन क्रिलिंकले समान २–२ विकेट लिए ।

यो जितसँगै नामिबियाले सुपर–१२ मा प्रवेश गर्ने बलियो दावी पेश गरेको छ । तर, उसले अझै तीन खेल खेल्न बाँकी छ । अर्कोतर्फ, यो हारले सन् २०१४ को च्याम्पियन श्रीलंकाको आशामा ठूलो धक्का पुगेको छ । यदि उसले सुपर–१२ मा पुग्न चाहन्छ भने बाँकी छनोट खेलहरू जित्नुपर्छ ।

विश्वकपमा १६ टोलीले सहभागिता जनाउनेछन् । प्रतियोगिता अष्ट्रेलियाका विभिन्नि ७ स्थानमा हुनेछ । पहिलो चरणका दुई समूहबाट शीर्ष दुई–दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । पहिलो चरणमा नामिबिया, श्रीलंका, नेदरल्यान्ड्स र युएई छन् । समूह ‘बी’बाट आयरल्यान्ड, जिम्बावे, वेस्टइन्डिज र स्कटल्यान्ड छन् ।

पहिलो चरणको खेलपछि मात्रै सुपर १२ को खेलहरु हुनेछन् । सुपर १२ का टोलीले वार्मअप खेलहरु खेल्नेछन् । सुपर १२ को समूह १ मा – इंग्ल्यान्ड, न्युजिल्यान्ड, अष्ट्रेलिया, अफगानिस्तानसँगै पहिलो चरणको समूह ए को विजेता र समूह बी को उपविजेता रहनेछन् ।

यसैगरी, सुपर १२ को समूह २ – भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेशसँगै पहिलो चरणको समूह बी को विजेता र समूह ए को उपविजेता रहनेछन् । सुपर १२ का शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।