२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोस्रो कार्यकालमा जीवनकै ठूलो चुनौती : कुलमान घिसिङ



अ+ अ-

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले दोस्रो इनिङ आफ्नो जीवनकै ठूलो चुनौती भएको बताएका छन् । 

पदबहालीपछि बुधबार आयोजित स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रममा निर्देशक घिसिङले यस्तो बताएका हुन् ।

उनले भने, ‘दोस्रो इनिङ स्वीकार गरेर मैले ठूलो चुनौती स्वीकार गरेको छु, यो मेरो जीवनकै सबभन्दा ठूलो चुनौती जस्तो लाग्छ,।'

यस्तै उनले विधुत प्राधिकरणको सेवालाई अझ राम्रो बनाउने पनि बताए। अनियमिताबारे गुनासाहरु आएको भन्दै सुशासन र गुणस्तरीय सेवालाई प्राथमिकतामा राख्ने उनले विश्वास व्यक्त गरे ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई दोस्रो पटक विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।