१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर

पलको प्रतिक्रियाः समीक्षालाई मेरा प्रतिस्पर्धी पुरुष सहकर्मीहरुले उकासे

पलको प्रतिक्रियाः समीक्षालाई मेरा प्रतिस्पर्धी पुरुष सहकर्मीहरुले उकासे
अ अ+ अ-

काठमाडौँ । पछिल्लो समय गायिका समीक्षा अधिकारीसँगको सम्बन्धलाई लिएर अभिनेता पल शाह विवादमा परेका छन् । 

लामो समयदेखि पल र समीक्षालाई लिएर विभिन्न टिकाटिप्पणी हुँदै आइरहेको छ ।

आफुहरुबीचको ‘लभ अफयर्स’ झुटो रहेको बताउँदै आइरहेको यो जोडीको एकपछि अर्को रहस्य बाहिर आएपछि दुवैले प्रेम सम्बन्धमा रहेको स्वीकार गरेका थिए ।

समीक्षा अधिकारीको एक अडियो बाहिर सार्वजनिक भएपपछि पलले उक्त विषयमा सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका छन् । 

 उनी फेसबुकमा लेख्छन्ः

अपिल

मितिः २०७८।११।१० गते

आदरणीय पत्रकार तथा मेरा दर्शकहरु महानुभावहरुमा नमस्कार ।

लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा क्रियाशील रहि दर्शकहरुले एक कुशल अभिनेताको रुपमा मन मुटुमा सजाउनु भएको प्रति म सदैव कृतज्ञ छु । मेरा हरेक कृयाकलाप र प्रस्तुतिहरुलाई यहाँहरुले अत्याधिक मन पराउनुको परिणाम स्वरुप म आज यो स्थान आईपुगेको छु । अझै पनि कडा संघर्षकै बिच आफुलाई यहाँहरु समक्ष उभिएको छु भन्न कत्ति पनि हिच्किचाउदिन । त्यसका बाबजुद्ध समाजलाई सकरात्मक बाटो तर्फ उन्मुख गराउने प्रकारका गतिविधी र खदिलो, दरिलो मनोञ्जनात्मक प्रस्तुतिहरु लिएर आउने प्रण पनि गर्दछु । तर नेपाली समाज भित्र संघर्ष गर्न अनेकन बाधा र अडचनहरु आउने रहेछ । त्यस मध्येमा कतिपय कृतिम समस्या खडा गरि एउटा संघर्षको चरणमा रहेको कलाकारलाई बारम्बार प्रहार हुदा नमिठो अनुभुती भने पक्कै हुँदो रहेछ ।

विगत केहि समय यता मसंग एक जना गायिकाको नाम जोडेर केहि अनलाईन संचार माध्यमहरुमा “रियल हिरो कि प्ले ˗ब्वाई῎भन्ने जस्ता शिर्षक, मेरो अन्य महिला साथीहरुकोे मञ्जुरी र अनुमति वेगर निजहरुको समेत तस्विर राखी बनाईएको रिर्पोट र अन्य विभिन्न भ्रामक शिर्षक राखी आपत्तिजनक शब्दहरु प्रयोग गरी तथ्यविहिन लाल्छना लगाई मेरो तथा निज गायिकाको समेत व्यवसायिक एंव व्यक्तिगत जिवनमा धक्का पुग्ने गरी प्रकाशित र प्रसारित भएको रिर्पाट, अडियो तथा समाचारहरु प्रति मेरो गम्भिर ध्यानाकर्षण भई सो बारेमा मेरा दर्शक, शुभचिन्तकहरुलाई सत्य तथ्य उजागरण गर्ने मनसायसाथ यो अपिल जारी गरेको छु ।

नेपालको संविधानले पुर्ण प्रेस स्वतन्त्रताको प्रत्यभुति गरेको हुँदा सत्यतथ्य समाचार प्रकाशन र प्रसारण गर्न नेपाली संचार जगत स्वतन्त्र रहेकोमा विवाद छैन । विगतमा पनि नेपाली प्रेसले विधिको शासन र नागरिक स्वतन्त्रताको पक्षमा अनुकरणी भुमिका खेलेको गौरवमय इतिहास छ । तर यस्तो इतिहास बोकेको प्रेस जगतका केहि संचार माध्यम एकांकी र गैरजिम्मेवार भएको पाउँदा मलाई दुखि तुल्याएको छ । म र मसँग नाम जोडेर समाचार प्रकाशित गर्दा, मेरो स्वतन्त्र प्रेसले मलाई एक वचन सोध्ने वा मेरो भनाई राख्न दिने अवसर पनि नदिएको हुँदा आम जन मानसमा सत्य उजागर गर्न यो अपिल प्रकाशित गर्न बाध्य भएको छु । एक अविवाहित गायिका, नायिका र उच्च शिक्षा पढ्दै गरेकी कसैको छोरी चेलिवेटीको नाम र तस्विर समेत सार्वजनिक गर्दै म संग हुदै नभएको प्रेम र विवाहका समाचार बनाएर हाम्रो चरित्र हत्या गर्न कुनै पनि मिडियालाई छुट हुँदैन, हुनु हुँदैन । आम संचार माध्यममा प्रकाशित यस किसिमका भ्रामक समाचारले म तथा अन्य नारी कलाकारहरुको ब्यक्तिगत जिवनमा कस्तो नकारात्मक असर पर्छ त्यसको अनुमान समेत गर्न सकिदैन । उनीहरुको वर्तमान र भविष्यलाई नै अन्धकार बनाउने किसिमका उल्लेखित समाचारहरुले नेपाली प्रेस जगतको श्रीबृद्धिमा पक्कै पनि सहयोग गर्दैन । अनलाईन माध्यमहरुमा प्रकाशित समाचार र अडियो रेकर्डहरु हेर्दा र सुन्दा म स्वयं आश्चर्यचकित भएको छु । प्रसारित अडियो रेकर्डमा बज्ने आवाज मेरो आवाजसंग मिलेको जस्तो भएतापनि उक्त आवज मेरो हो भन्नेमा पुर्ण शंका रहेको, प्रविधिको कुटिल प्रयोग मार्फत जस्तोसुकै र जोसुकैको आवाजलाई भिन्न भिन्न ढंगबाट प्रयोग गर्न सकिने कुरा सामान्य भईसकेको छ । यहाँ पनि फरक प्रसंग तथा चलचित्रमा अभिनय गर्ने भन्ने क्रममा रेकर्ड गरिएका सम्वादहरुलाई हाम्रो बास्तविक जिवनसँग जोड्ने प्रयासमा रहनु भएका मेरा केहि पुरुष सहकर्मी (व्यवसायीक प्रतिस्पर्धि) ले निज गायिकालाई मेरा विरुद्ध बोल्न, प्रमाण सिर्जना गर्न लगातार उकास्ने गरेको जानकारी मलाई थियो, निज निर्दोष गायिकाले मेरा पुरुष सहकर्मीहरुले उकासे बमोजिम नै गर्दै गएको भन्ने कुरा पछिल्लो मिडिया रिर्पोटले थप पुष्टि गरेको छ । मेरा सम्पुर्ण दर्शक महानुभावहरुको म प्रतिको भरोसालाई अक्षुण राख्न, निज गायिकालाई मेरा प्रतिस्पर्धि साथिहरुले उकासेको अडियो लगायत अन्य प्रमाणहरु मसँग सुरक्षित रहेको र ति सवुत प्रमाणहरु आधिकारिक निकायले माग गरेको खण्डमा पेश गर्नेछु भन्ने प्रतिवद्धता ब्यक्त गर्दै म र मसँग नाम जोडेर प्रकाशित उल्लेखि समाचारहरु वास्तविकता भन्दा धेरै टाढा रहेको हुँदा सोबाट भ्रमित नहुन हार्दिक अपिल गर्दछु । अन्तमाः तपाईहरुको अगाध माया र प्ररेणाले मलाई सत्य र निष्ठाको मार्गबाट कहिले पनि बिचलित हुन दिने छैन र विचलित समेत हुने छैन भन्ने विश्वास दिलाउन चाहन्छु । 🙏

अभिनेता

पल शाह