६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

ठूल्ठूला भ्रष्टाचार काण्डको निष्पक्ष छानविन गर्न सांसद कोमल वलीको माग

ठूल्ठूला भ्रष्टाचार काण्डको निष्पक्ष छानविन गर्न सांसद कोमल वलीको माग
अ+ अ-

काठमाडौं । राष्ट्रियसभाका सांसद कोमल वलीले ठुला भ्रष्टाचार काण्डको छानविन गर्न सरकारसँग माग गर्नुभएको छ । राष्ट्रियसभाको बुधबारको बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की सांसद वलीले देशका ठूल्ठूला भ्रष्टाचार काण्डको निष्पक्ष छानविन गर्न माग गर्नुभएको हो । उहाँले भ्रष्टाचारको कुरा भोट माग्ने माध्यममात्रै बनाइएको भन्दै बाइडबडी, अरुण तेस्रो, टनकपुर, बालुवाटार प्रकरण, ओम्नी प्रकरण, आयल निगमको जग्गा खरिद प्रकरण र क्यान्टोनमेन्टको समेत भ्रष्टाचार छानविन गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘यहाँ भ्रष्टाचारका कुरा धेरै भए । भाषण भए । भोट माग्ने माध्यम भए । आउनुहोस् निष्पक्ष छानविन गरौँ । वाइडबडीको छानविन गरौँ । अरुण थर्डको छानविन गरौँ । टनकपुरको छानविन गरौँ । बालुवाटारको छानविन गरौँ । ओम्नीको छानविन गरौँ । आयल निगमको जग्गा खरिदको पनि छानविन गरौँ । क्यान्टोनमेन्टको पनि छानविन गरौँ । ठुला ठुला हाइड्रोको पनि छानविन गरौँ । १६५ सांसदको समर्थन छ के को लागि हो त्यो समर्थन प्राप्त गरेको ? अरुको पार्टी फुटाएको के को लागि हो रु किन रु तथापी अर्कोतिर औँला नठड्याऔँ । सबैले सबैलाई देखेकै छ ।’

सांसद वलीले सत्ता स्वार्थ र भ्रष्टाचारका निम्ति नेपालका नदीनालाहरु बन्धक बनेको पनि बताउनुभयो । कतिपय जलविद्युत आयोजना विदेशीको इशारामा सम्झौता भएका र अरबौँ भ्रष्टाचार भएको पनि उहाँले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘कति जलविद्युतमा विदेशीको इशारामा सम्झौता भए होलान् । अरबौँको डिल भयो होला । जलस्रोतको विश्वको दोस्रो धनि देशमा आजपनि व्यापार घाटामा हामीले बाहिरबाट ग्याँस ल्याएर चुल्हो बाल्दैछौँ विजुली दिन सकेका छैनौँ । हाम्रा नदीनालाहरु बन्धक बनेका छन् सत्ताको स्वार्थमा र भ्रष्टाचारका निम्ति । त्यो काम गर्नलाई अहिले कसले रोकेको छ रु त्यसको लागि फेरी केपी ओलीको सरकार आउँला भनी पर्खिने ? जवाफ चाहियो ।’

सांसद वलीले आफुहरु प्रतिपक्षको रचनात्मक आलोचनात्मक सुझावले मुलुक अगाडी बढ्नसक्छ भन्नेकुरामा विश्वस्त रहेको बताउँदै सरकारको सहि कुरालाई सहि र गलत कुरालाई गलत भनेर आलोचना गर्ने पनि स्पष्ट पार्नुभयो ।