१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गर्यो क्रेडिट कार्ड सेवाको शुभारम्भ



अ+ अ-

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको छ । बैंकले मंगलबारदेखी क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको हो । बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीले बैंकका ग्राहक एवं एसियन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष दिपककुमार श्रेष्ठलाई एक कार्यक्रमका बीच क्रेडिट कार्ड हस्तान्तरण गर्दै सेवाको शुभारम्भ गरेका हुन् ।

बैंकको हाल ७७ जिल्लामा दुई सय ४७ वटा शाखा कार्यालय, दुई सय नौवटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ रहेको छ । क्रेडिट कार्डको शुभारम्भ पछि पूर्ण डिजिटल बैंकिङतर्फ बैंक अगाडि बढिरहेकोे बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए ।  नेपाल, भारत र भुटानमा चल्ने यो सेवा बैंकका सबै शाखा कार्यालयबाट माग गर्न सकिने पनि अधिकृत श्रेष्ठले बताए । 

यता प्रतिस्पर्धी बजारमा सस्तो ब्याजदरमा दिइने क्रेडिट कार्ड ग्राहकको आयस्रोत एवं भुक्तानी क्षमताको आधारमा ग्राहकलाई २० हजारदेखि पाँच लाख रुपैयाँसम्मको क्रेडिट लिमिट दिन सकिने उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनीले बताए ।