१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर

युक्रेन विद्रोही क्षेत्रहरूलाई मान्यता दिने पुटिनको कदमप्रति विश्व प्रतिक्रिया

युक्रेन विद्रोही क्षेत्रहरूलाई मान्यता दिने पुटिनको कदमप्रति विश्व प्रतिक्रिया
अ अ+ अ-

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार पूर्वी युक्रेनका दुई अलग  क्षेत्रलाई स्वतन्त्र संस्थाका रूपमा मान्यता दिएका छन् । 

उनले डोनेट्स्क जन गणतन्त्र र लुहान्स्क जन गणतन्त्रको स्वतन्त्रता र सार्वभौमसत्तालाई मान्यता दिएका हुन् ।

युक्रेनको सिमानामा आफ्नो सैन्य तैनाथीलाई लिएर महिनौँदेखिको तनावका बीच रुसको यो कदम आएको हो, जसले सर्वत्र युद्धको चिन्ता बढाएको छ।

जवाफमा अमेरिकाले विद्रोही क्षेत्रहरू विरुद्ध आर्थिक प्रतिबन्धको घोषणा गरेको छ । 

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनको पूर्वी क्षेत्रको ‘स्वतन्त्रता’ लाई कथित रूपमा मान्यता दिने पुटिनको निर्णयको ‘कडा निन्दा’ गरेको ह्वाइट हाउसले जनाएको छ।

बाइडेनले आफ्ना युक्रेनी समकक्षी भोलोडिमिर जेलेन्स्कीलाई  अमेरिकाले युक्रेनविरुद्ध रुसी आक्रमणलाई थप सहयोगी र साझेदारहरूसँग मिलेर छिटो र निर्णायक रूपमा जवाफ दिने बताए।

संयुक्त राष्ट्रसङ्घका महासचिवले रूसी सङ्घको निर्णयलाई युक्रेनको क्षेत्रीय अखण्डता र सार्वभौमसत्ताको उल्लङ्घन र संयुक्त राष्ट्रसङ्घको बडापत्रका सिद्धान्तहरूसँग असङ्गत भएको बताएका छन् ।

रुसको सबैभन्दा नजिकको सहयोगीमध्येको एक चीनले कसैको पक्ष नलिई सबै पक्षहरूलाई ‘तनाव बढाउन सक्ने कुनै पनि कार्यबाट बच्न’ आह्वान गरेको छ।

“पूर्वी युक्रेनमा पृथकतावादी क्षेत्रहरूलाई मान्यता दिएर, रुसले आफ्नो प्रतिबद्धताको उल्लंघन गर्दैछ र युक्रेनको सार्वभौमसत्तालाई कमजोर गरिरहेको छ। म यो निर्णयको निन्दा गर्दछु । मैले संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपतकालीन बैठक र युरोपेली प्रतिबन्धहरूको माग गरेको छु”, फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनले भनेका छन् ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले रुसको कदम युक्रेनको सार्वभौमसत्ता र अखण्डताको स्पष्ट उल्लङ्घन हो भनेका छन् ।

जापानी प्रधानमन्त्री फुमियो किशिदाले रुसको कार्यले युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको उल्लङ्घन गरेको र यसलाई सहन नसकिने बताए ।

संयुक्त राष्ट्रसङ्घका लागि भारतका राजदूतले बढ्दो तनावको सामना गर्न सबै पक्षहरूलाई ‘संयम’ देखाउन आग्रह गरे।

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले पूर्वी युक्रेनमा पठाइएका सेनाहरू शान्ति सैनिकहरू भएको पुटिनको दाबीलाई ‘बकवास’ भनी आलोचना गरे।
 
रुस–युक्रेन विवादको जड के हो ?

अगस्त १९९१ मा युक्रेनले सोभियत सङ्घबाट स्वतन्त्रता घोषणा गर्‍यो। सोही वर्षको डिसेम्बर १ मा जनमत सङ्ग्रह भएको थियो, जसमा ९० प्रतिशत युक्रेनीहरूले सोभियत सङ्घ छोड्ने पक्षमा मतदान गरे।

त्यसको भोलिपल्ट रुसका तत्कालीन राष्ट्रपति बोरिस येल्तसिनले युक्रेनलाई छुट्टै राष्ट्रका रूपमा मान्यता दिए । त्यसबेला रुसले क्रिमियालाई युक्रेनको हिस्सा नै हो भन्यो । सन् १९५४ मा सोभियत सङ्घका सर्वोच्च नेता निकिता ख्रुश्चेभले क्रिमिया युक्रेनलाई उपहारस्वरूप दिएका थिए।

रुस समर्थक राष्ट्रपति बनेपछि युक्रेनमा विरोध प्रदर्शन 

भिक्टर यानुकोभिचले युक्रेनमा सन् २००४ को राष्ट्रपतीय चुनाव जिते। यानुकोविचलाई रुसको समर्थक मानिन्छ । उनको विजयपछि युक्रेनमा विद्रोह भयो । यसलाई ओरेन्ज रिभोलुसन नाम दिइएको थियो ।

आन्दोलनकारीले पुनः मतगणनाको माग गरेका थिए । रुसले यी प्रदर्शनका पछाडि पश्चिमी देशको हात रहेको दाबी गरेको थियो।

सन् २००८ मा विपक्षी नेता भिक्टर युश्चेन्कोले युक्रेनलाई नेटोमा सामेल हुने योजना प्रस्तुत गरे। अमेरिकाले यसको समर्थन गर्यो।

तर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसको विरोध गरे। नेटोले जर्जिया र युक्रेनलाई समावेश गर्ने घोषणा गर्‍यो। तर रुसले जर्जियामाथि आक्रमण गरी चार दिनभित्र यसका दुई क्षेत्र कब्जा गर्यो ।

यानुकोविच पुनः निर्वाचित भएपछि बिग्रियो स्थिति 

भिक्टर यानुकोविचले फेरि एक पटक २०१० को राष्ट्रपति चुनाव जिते। उनले युक्रेनको नेटोमा सामेल हुने प्रस्ताव अस्वीकार गरे।

नोभेम्बर २०१३ मा यानुकोविचले युरोपेली सङ्घसँगको सम्झौतामा हस्ताक्षर गर्नबाट पछि हटे। यो सम्झौताबाट युक्रेनले १५ अर्ब डलरको आर्थिक प्याकेज पाउने थियो ।

यानुकोविचको निर्णयको विरोधमा जनता सडकमा उत्रिए । सन् २०१४ को फेब्रुअरीमा राजधानी किभमा दर्जनौँ प्रदर्शनकारी मारिएका थिए।

विरोध यति बढ्यो कि २२ फेब्रुअरी २०१४ मा यानुकोभिचले देश छोड्नु पर्यो।

युक्रेनमा युरोपेली सङ्घका समर्थकहरु सत्तामा आएपछि क्रिमियामाथि आक्रमण भएको थियो । सेनाको पोशाक लगाएका विद्रोहीले क्रिमियाको संसद् कब्जा गरेका थिए। रुसी राष्ट्रपति पुटिनले उनीहरु रुसी सैनिक भएको अस्वीकार गरेका थिए।

मार्च २०१४ मा क्रिमियामा एक जनमत सङ्ग्रह गरियो जसमा ९७ प्रतिशत जनताले रुससँग जोडिने पक्षमा मतदान गरेका थिए। रातारात २५ हजारभन्दा बढी युक्रेनी सैनिक र उनीहरूका परिवारलाई त्यहाँबाट हटाइयो। क्रिमिया आधिकारिक रूपमा १८ मार्च २०१४ मा रूसको भाग भयो।

क्रिमियाको विलयपछि पनि सङ्घर्ष जारी थियो। पृथकतावादीहरूले युक्रेनको डोनबासका दुई क्षेत्र डोनेट्स्क र लुहान्स्कमा छुट्टै देश घोषणा गरेका थिए । डोनेट्स्क र लुहान्स्क हाल दुई फरक देश हुन्।

त्यसपछि जेलेन्स्की सत्तामा आए
 
भोलोडिमिर जेलेन्स्की सन् २०१९ को चुनावमा युक्रेनको राष्ट्रपतिमा निर्वाचित भए। उनले डोनबासको पुरानो स्थिति पुनर्स्थापित गर्न प्रतिज्ञा गरेका थिए । जेलेन्स्कीले सत्तामा आएसँगै नेटोमा सामेल हुने प्रयासलाई तीव्र पारे।

नोभेम्बर २०२१ मा स्याटेलाइट तस्बिरहरूले खुलासा गरे कि रूसले युक्रेनी सीमा नजिकै सेना तैनाथ गर्न थालेको छ।

रुस युक्रेन नेटोमा सामेल होस् भन्ने चाहँदैन किनकि यदि यस्तो भयो भने नेटोका सैनिक र बेसहरू यसको सिमाना नजिकै खडा हुनेछन् भन्ने रुसलाई लाग्छ। एजेन्सीको सहयोगमा