४ असार २०८३, बिहीबार
,
Latest
संसदमा शिक्षामन्त्री सस्मित: के के छन् सरकारका प्रथामिकता ? राप्रपाको कार्यसम्पादन समिति बैठक सुरु, महाधिवेशनदेखि निर्वाचन निर्देशिकासम्म छलफल हुने पीरतीले मलाई सांसद र मन्त्री बनायो: महावीर पुन ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज पक्की पुल बनेपछि बर्सातमा सडक बन्द हुने समस्या हट्यो ईभी प्रकरणको निष्पक्ष छानबिन नभए आन्दोलन गर्ने एमालेको चेतावनी वागमती प्रदेशमा यातायात क्षेत्रको सुधार र कर छुटको घोषणाः २० वर्षको वक्यौतामा दुई वर्षको मात्र… म्याद समाप्त भएका भोगाधिकारका जग्गा लिजमा रूपान्तरण गर्न सरकारको आह्वान खोटाङमा खेलकुदमा विनियोजित बजेट छानबिन गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाधिवेशनको विकल्प छैनः नेता केसी



अ+ अ-

चितवन । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले कांग्रेसको चौधौँ महाधिवेशनको विकल्प नरहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले महाधिवेशन समयमा नभए पार्टीको वैधानिकताको प्रश्न उठ्ने भएकाले तोकिएको समयमा महाधिवेशन गर्नुपर्ने बताउनुभयो ।

अहिले तोकिएको अवधिमा महाधिवेशन सम्पन्न हुन नसक्ने भन्दै उहाँले कांग्रेसको विशेष महाधिवेशन गरेर भए पनि वैधानिकता जोगाउनुपर्छ भन्नुभयो । क्रियाशील सदस्यताको विवाद मिलाएर महाधिवेशनमा जानुपर्ने भन्दै उहाँले सहमतिका लागि भए पनि विशेष महाधिवेशन गर्नुपर्ने बताउनुभयो ।

कांग्रेसको वैधानिकताको विषयमा कसैले पनि प्रश्न उठाउन नहुने गरी काम गर्नुपर्ने उहाँको भनाइ थियो । कोरोनाको नयाँ भेरियन्ट भित्रिएसँगै जोखिम बढेको हुँदा अहिलेको अवस्थामा पार्टीको शीर्ष तहले विशेष अधिवेशनको विकल्पबारे सोच्नुपर्ने उहाँको भनाइ थियो । एमसिसी संशोधन गरेर मात्र पारित गर्नुपर्ने केसीको सुझाव थियो ।