• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

जनसङ्ख्याका आधारमा पार्टीमा जनजातिको प्रतिनिधित्व हुन्छ: डा. प्रकाशशरण महत



काठमाडौैँ । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले जनजातिको जनसङ्ख्याका आधारमा पार्टीमा उनीहरुको प्रतिनिधित्व हुने बताउनुभएको छ । 

आदिवासी जनजाति केन्द्रीय विभागद्वारा आज कांग्रेस पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सहमहामन्त्री डा महतले भन्नुभयो, “नेपालमा आदिवासी जनजातिको अलग्गै र विशिष्ट पहिचान छ, उनीहरुको उत्थानबिना देशको विकास असम्भव छ ।” 

सहमहामन्त्री डा महतले कांग्रेसले आदिवासीका समस्या र देशमा आदिवासी जनजातिको हितका पक्षमा काम गरिरहेको बताउनुभयो । उहाँले कांग्रेसको सरकारकै नेतृत्वमा निर्माण भएको देशको वर्तमान संविधानमा समावेशी सिद्धान्तबमोजिम नै महिला, आदिवासी जनजाति, दलितलाई राज्यमा उचित प्रतिनिधित्वको व्यवस्था गरेको पनि बताउनुभयो । 

सहमहामन्त्री डा महतले सम्पूर्ण आदिवासी जनजाति कांग्रेसको समावेशी नीति र कार्यक्रमलाई जनताका सामु लैजानुपर्ने बताउनुभयो । उहाँले कांग्रेसले नै देशका प्रमुख राजनीतिक परिवर्तनहरुको नेतृत्व गरेको र त्यसमा देशका आदिवासी, जनजाति एवं दलितलगायतका देशका समग्र समुदायले कांग्रेसलाई साथ दिएको स्मरण पनि गर्नुभयो । 

उहाँले नेकपाको सरकारको गैरजिम्मेवार कार्यका कारण वर्तमान सरकार निर्माण भएको भन्दै यो सरकारले जनताको हितमा काम गर्छ भन्नुभयो ।