१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट

नवौँ राष्ट्रिय खेलकुद: खेलाडीको भाग्य र भविष्य तय गर्ने महत्वपूर्ण अवसर

नवौँ राष्ट्रिय खेलकुद: खेलाडीको भाग्य र भविष्य तय गर्ने महत्वपूर्ण अवसर
अ अ+ अ-

गण्डकी । पूर्व अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी गणेशबहादुर भट्टराई ३९ वर्ष अघि २०४० सालमा पोखरामा सम्पन्न दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिताको दर्शक हुनुहुन्थ्यो ।

आज त्यही पोखरामा चार दशकपछि नवौंँ राष्ट्रिय खेलकुदको भव्य समारोहबीच औपचारिक उद्घाटन हुँदैछ । तत्कालीन समयमा दर्शकका रुपमा रङ्गशालामा आउनुभएका भट्टराईलाई त्यही प्रेरणाले अन्ततः अन्तर्राष्ट्रिय खेलाडीका रुपमा स्थापित ग¥यो ।

निरन्तरको अभ्यास र लगावका कारण राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरका बक्सिङ प्रतियोगितामा आफूलाई अब्बल सावित गर्न सफल भट्टराई सन् १९९० मा पाकिस्तानमा सम्पन्न चौथो दक्षिण एशियाली खेलकुदका ‘सिल्भर मेडलिस्ट’ हुनुहुन्छ ।

उहाँ सन् १९८९, १९९० र १९९१ मा लगातर बक्सिङमा राष्ट्रिय च्याम्पियन बन्नुभएको थियो । सन् १९८७ मा पहिलो पटक जुनियर राष्ट्रिय प्रतियोगितामा सहभागी भएका उहाँले पहिलो सहभागितामा नै जुनियर च्याम्पियनको उपाधि हासिल गर्दै स्वर्ण पदक जित्नुभएको थियो । सन् १९८८ मा पनि जुनियर राष्ट्रिय च्याम्पियनसीपमा उहाँले स्वर्ण पदक जित्नुभएको थियो ।

नेपालले सन् १९९८ मा काठमाडौँमा भएको दक्षिण एशियाली खेलकुद९साग० मा दुई स्वर्ण, पाँच रजत र दुई कास्य पदक जित्दा उहाँ नेपाली टोलीको व्यवस्थापक हुनुहन्थ्यो । फुटबल खेलसँगसमेत संलग्न भट्टराईले अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०को केन्द्रीय सदस्य हुँदै उपमहासचिवसम्मको जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ ।

प्रत्येक राष्ट्रिय खेलकुद प्रतियोगिता खेलाडीको भाग्य र भविष्य निर्धाण गर्ने महत्वपूर्ण अवसरका रुपमा रहने भट्टराई बताउनुहुन्छ । “यस्ता प्रतियोगिताले राष्ट्रिय खेलाडी तयार गर्नका लागि विशिष्ट योगदान गर्दछन्”, उहाँले भन्नुभयो, “प्रत्येक खेलाडीले प्रतियोगितामा आफूलाई योग्य सावित गर्दै खेल क्षेत्रको भविष्यका लागि अघि बढाउने यो महत्वपूर्ण अवसर हो ।”

प्रत्येक युवालाई खेलमा आकर्षित गर्नु जरुरी रहेको उल्लेख गर्दै उहाँले राष्ट्रिय खेलकुद भइरहेको अवस्थामा पोखरा र आसपासका अभिभावकले आफ्ना बालबच्चालाई रङ्गशालामा ल्याएर खेल देखाउनुपर्ने बताउनुभयो । पछिल्ला समयमा युवा विद्यार्थीमा मोबाइलमा झुम्मिने लतका कारण सिर्जनात्मकतामा कमी आउँदै गएको र कतिपय लागुऔषध जस्ता दुव्र्यसनीमा फसिरहेको जनाउँदै उनीहरूलाई स्वस्थ राख्नका लागि खेलप्रतिको लगाव बढाउनु जरुरी भएको उहाँको भनाइ छ ।

युवालाई अनुशासित बनाउन पनि खेलको महत्व रहेको उहाँले बताउनुभयो । नेपाली खेलकुदका क्षेत्रमा अझै धेरै विकृति विसङ्गति कायमै रहे पनि त्यसलाई हटाउँदै खेलको विकास गर्नु जरुरी रहेको उहाँको भनाइ छ ।

पोखरामा हुँदै गरेको नवौँ राष्ट्रिय खेलकुदले ठूलो सङ्ख्याका खेलाडीको भाग्य र भविष्य तय गर्ने जनाउँदै उहाँले यो नयाँ राष्ट्रिय खेलाडी तयार गर्ने महत्वपूर्ण अवसर भएको बताउनुभयो । सात प्रदेशसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी तीन विभागीय र एक गैर आवासीय नेपाली सङ्घ(एनआरएन) गरी कूल ११ टोलीबीच प्रतिस्पर्धा हुने नवौँ राष्ट्रिय खेलकुदमा एक हजारभन्दा बढी पदकका लागि प्रतिस्पर्धा हुने राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले जानकारी दिनुभयो ।

यस राष्ट्रिय खेलकुदमा स्वर्ण तीन सय ९३, रजत तीन सय ९३ र कास्य छ सय पदकका लागि प्रतिस्पर्धा हुनेछ । यस राष्ट्रिय खेलकुदले धेरै खेलाडीका लागि उनीहरूको खेल जगतको सुनौलो भविष्यको मार्ग तय गर्ने उहाँले बताउनुभयो । रासस