२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

सरकारले चासो नदिँदा भत्केका भौतिक संरचनामा पढ्न बाध्य छन् विद्यार्थीहरु(फोटोफिचर/भिडीयोसहित)

सरकारले चासो नदिँदा भत्केका भौतिक संरचनामा पढ्न बाध्य छन् विद्यार्थीहरु(फोटोफिचर/भिडीयोसहित)
फाइल फोटो
अ अ+ अ-

बाँक । बाँकेको बैजनाथ गाँउपालिकामा रहेको लक्ष्मी प्रथामिक विद्यालयको भौतिक पूर्वाधारहरुको अवस्था दयनिय बनेको छ ।

बाँकेको बैजनाथ गाँउपालिका वडा नम्बर ८ गुरदयालपुरको श्री लक्ष्मी प्रथामिक विद्यालयको अवस्था पनि डरलाग्दो छ । भौतिक संरचनाहरु जिर्ण अवस्थामा छन् । वि.सं. २०४० सालमा स्थापना भएको विद्यालयलाई राम्रोसँग संरक्षण गर्न नसके पछि विद्यालयको भौतिक अवस्था हेर्न लायकको छैन ।

बाँके र बर्दियाको मानखोलाको छेउमा रहेको यो विद्यालयको शुरुवाती चरणमा भौतिक संरचना राम्रो हुँदा विद्यार्थी संख्या उल्लेख्य भएपनि पछिल्लो समयमा निजी विद्यालयका कारण विद्यार्थीहरु वर्षेनी घटीरहेका छन् । विद्यार्थीहरु भत्किएका भौतिक संरचनामा नै डराएर अध्ययन गर्न बाध्य अवस्था रहेको स्थानीयहरुको गुनासो छ । अहिले विद्यालयको भौतिक संरक्षण र सुधार हुन नसक्दा विद्यार्थीहरु नै बाध्य भएर निजी विद्यालय रोज्ने गरेको सञ्चालकहरु नै बताउँछन् ।

गुणस्तरीय शिक्षा र सेवा सुविधाको खोज्दै अभिभावकहरु निजी विद्यालय रोज्न थालेपछि विद्यालयको भौतिक संरचना जिर्ण बन्दै गएको बताउनुहुन्छ बैजनाथ गाँउपालिका वडा नंं ८ का कार्यवाहक अध्यक्ष शुक्रबहादुर रावत । उहाँका अनुसार ५ वर्षमा विद्यालयमा १ लाख मात्र बजेट विनियोजित भएको छ । विद्यालयको फर्निचरको लागि वडा कार्यालयले ५ वर्षमा मात्र १ लाख रुपैयाँ दिएको बताउनु भयो ।

विद्यालय सुधारका लागि हालसम्म कुनै निकायले चासो नदेखाएको प्रध्यानध्यापक सुरेशकुमार थारुले बताउनु भयो । उहाँका अनुसार विद्यालयमा ५ कक्षासम्म पढाइ भएपनि भौतिक संरचना जिर्ण हुँदा र सामुदायिक विद्यालयमा सरकारले चासो नदिँदा जम्मा ४६ विद्यार्थी रहेको बताउनु भयो । स्थानिय सरकारसँग बारम्बार पहल गर्दासमेत विद्यालयको भौतिक प्रगति गर्न नसकेको उहाँको भनाइ छ ।

स्कुल विकास समितिका सदस्य राधेश्याम थारुले विद्यालय विकास समितिले विद्यालयको मर्मतसम्भारका लागि वडाबाट अहिलेसम्म १ लाख रुपैयाँ मात्र उपलब्ध भएको बताउनु भयो । यसअघिको विकास समितिले केही नगरेपनि पछिल्लो विद्यालय विकास समितिले निरन्तर विद्यालयको रेखदेखका लागि आवश्यक पहल थालेको बताउनु भयो ।

उहाँले विद्यालय स्थापना भएको ४ दशक पुग्दासमेत कुनै भौतिक संरचना र विद्यालयको कुनै विकास निर्माण हुन नसक्नु भनेको देशकै लागि लज्जाजनक विषय भएको बताउनु भयो । विद्यालयका सबै भवनहरु भत्केर जिर्ण छन् तर मर्मत हुने छाँटकाँट देखिँदैन ।

आवश्यक सामग्रहरु पनि विद्यालयमा पर्याप्त नरहेको उनीहरुको भनाइ छ । भत्किएको भवनमा पानी चुहिने, हावाहुरी चल्दा टिनको छानोहरु नै उडाउने जस्ता समस्या रहेको उनीहरु बताउँछन् । विद्यालयको पूर्वाधार जीर्ण भएको छ भने गुणस्तरीय शिक्षा सुधार्न कतैबाट सहयोग नमिलेको स्थानीयहरुको भनाइ छ । विद्यालयमा अहिले भौतिक पूर्वाधारको अभाव देखिएकाले गतिविधि पनि शुन्य जस्तै छ ।