३१ श्रावण २०८३, आईतवार
,
Latest
देश छोड्नु युवाको बाध्यता होइन, विकल्प बन्नुपर्छः सांसद राणा मधेस प्रदेशमा ‘शिक्षा संवाद’ : शिक्षा ऐन र विद्यालय शिक्षा सुधारबारे सरोकारवालाको सुझाव ‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा बाढीपहिरोबाट भएको क्षतिप्रति एमालेद्वारा दुःख व्यक्त, उद्धार र राहतमा तीव्रता दिन आग्रह बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन परिवर्तनको खोजिमा हिँडेको जनमत वामपन्थी शक्तिहरुसँग टाढिनुको कारण नखोजि अघि बढ्न सकिँदैनः शक्ति बस्नेत शेरबहादुर देउवाकै नेतृत्वमा १५ औं महाधिवेशन गर्ने काँग्रेस संस्थापन इतर पक्षको निर्णय तथ्य र तर्कमा आधारमा राजनीतिक धारणा बनाउन युवालाई पुर्वराष्ट्रपति भण्डारीको सुझाव फरक विचारको सम्मान नै लोकतन्त्रको शक्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

१६ वर्षीय भारतीय ग्रान्डमास्टरले विश्व चेस च्याम्पियन म्याग्नस कार्लसनलाई हराए



अ+ अ-

भारतका किशोर चेस ग्रान्डमास्टर रमेशबाबु प्रज्ञानानन्दले अनलाइन च्याम्पियनसिपमा विश्व नम्बर एक म्याग्नस कार्लसनमाथि शानदार जित हासिल गरेकोमा प्रशंसा पाएका छन्।

सन् २०१६ मा १० वर्षको उमेरमा इतिहासको सबैभन्दा कान्छो अन्तर्राष्ट्रिय मास्टर बनेका १६ वर्षीया प्रज्ञानानन्दले सोमबार राति एयरथिङ्स मास्टर्स र्यापिड चेस प्रतियोगितामा कार्लसनलाई हराए।

“सुत्ने बेला भइसकेको छ किनकि बिहान २ः३० बजे बेलुकाको खाना खान्छु जस्तो लाग्दैन”, स्पष्टरुपमा शान्त उनले कालो गोटी लिएर ३९ चालको जीतपछि भने ।

जसमा भारतीयहरू विश्वनाथन आनन्द र पेन्टाला हरिकृष्णलगायत अरूले कार्लसनलाई हराए तर  सन् २०१३ मा नर्वेली विश्व च्याम्पियन भएयता प्रज्ञानानन्द सबैभन्दा कान्छा हुन् ।

पाँच पटकको विश्व च्याम्पियन र भारतले उत्पादन गरेको सबैभन्दा ठूलो चेस खेलाडीका रूपमा प्रशंसित आनन्दले ट्वीट गरेः ‘हाम्रो प्रतिभामा सधैँ गर्व, प्रज्ञानानन्दका लागि धेरै राम्रो दिन।’

पन्ध्र लाखभन्दा बढीको कुल पुरस्कारको मेल्टवाटर च्याम्पियन्स चेस टूर इभेन्टमा ३१ वर्षीय कार्लसनको चाल कमजोर देखियो ।

सोमबार कार्लसनले आफू अझै भर्खरको कोरोना भाइरस सङ्क्रमणको पछिको प्रभाव महसुस गरिरहेको बताएका थिए । न्युज एजेन्सी