३ पुष २०८२, बिहीबार
,
Latest
मन्त्री महावीरको अनुभब: कछुवा गतिको प्रशासन संयन्त्रबाट काम हुन निकै कठिन धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता एमाले महाधिवेशनमा ३६ जनाले मतदान गरेनन् एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरालाई कार्बन तटस्थ सहर बनाउन छलफल



अ+ अ-

पोखरा । पोखरा महानगरपालिकाको आयोजना र बेलायती सहयोग नियोगको प्राविधिक सहयोगमा पोखरालाई कार्बन तटस्थ सहर बनाउने बारे छलफल भएको छ । 

महानगरको ‘दीर्घकालीन सोचपत्र पोखरा २१००’ मा पोखरालाई कार्बन तटस्थ सहर बनाउने लक्ष्य निर्धारण गरिएकाले सो लक्ष्य पूरा गर्न महानगरभित्र मुख्य कार्वन उत्सर्जन गर्ने क्षेत्रहरु पत्ता लगाई सोको निराकरणका लागि आवश्यक रणनीति अपनाउने उद्देश्यले सरोकारवालाबीच कार्यशाला आयोजना गरिएको हो । 

कार्यक्रममा प्रा डा ओम शर्माले पोखरालाई कार्बन न्युट्रल बनाउन आवश्यक रहेको  विषयसँगै महानगरको स्थिति पत्रमा कसरी काम भइरहेको छ भन्ने विषयमा आफ्ना धारणाहरु प्रस्तुत गर्नुभएको थियो । 
    
परियोजनाका प्राविधिक निर्देशक डा जिम आर्थरले महानगरले दीर्घकालीन सोच बनाउँदा कार्बन न्युट्रल बनाउने विषयमा गरेको प्रतिवद्धता स्मरण गर्दै उक्त कार्यमा सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले पोखरालाई अन्तर्राष्ट्रिय स्तरको पर्यटकीय सहरका रुपमा थप परिचित बनाउन महानगरको अग्रसरतालाई प्रशंसनीय रहेको धारणा राख्नुभयो ।  

सुदृढ परियोजनाका नीतिगत सल्लाहकार तथा पूर्वसचिव कृष्ण ज्ञवालीले नेपालले अन्तर्राष्ट्रिय मञ्चहरुमा गरेको प्रतिबद्धताअनुसार कार्बन तटस्थताको दिशामा अघि बढ्न जरुरी भएको र सो कार्यमा पोखरा महानगर अग्रस्थानमा रहेको बताउनुभयो । 

नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले कार्बन उत्सर्जन अहिलेको अति आवश्यक विषय भएकाले यसमा सहकार्य गर्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले वातावरण मैत्री हरित दिगो र समावेशी विकासका क्षेत्रमा महानगरले गरेको कार्य प्रशंसनीय रहेको बताउँदै दूतावासका तर्फबाट यस्ता कार्यक्रमलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
    
नेपालस्थित बेलायती दूतावासका वरिष्ठ सल्लाहकार डा सविता थापाले अबको युग कार्वन तटस्थाको बनाउन अपरिहार्य भएकाले पालिकाहरुले कार्बन तटस्थ योजना बनाएर विकासका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । 

पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले महानगर दीर्घकालीन सोचअनुरुप कार्वन तटस्थाको विकासको मोडलमा अगाडि बढेर मार्गचित्र तय भएको र त्यसको कार्यन्वयनमा लैजाने सबैको दायित्व रहेको बताउनुभयो । 

महानगरको सहरी योजनाका उपाध्यक्ष रामचन्द्र लामिछानेले पोखरा पर्यावरणीय संवेदनशील सहर भएकाले यहाँका विकास योजनाहरुलाई कार्बन तटस्थ बनाएर तर्जुमा गरेर कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । 

गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्रालयका सचिव बद्रीराज ढुङ्गानाले यस्ता कार्यक्रमले दिगो विकासका लक्ष्यहरु प्राप्त गर्न सहयोग गर्ने बताउँदै प्रदेश मन्त्रालयले पनि यस्ता कार्यक्रमलाई आवश्यक सहयोग गर्ने बताउनुभयो ।

सुदृढ परियोजना पोखराका संयोजक होमनाथ गैरेले महानगरको स्थिति पत्र तयारका क्रममा सङ्कलित सूचना तथा तथ्याङ्कको प्रारम्भिक नतिजा प्रस्तुत गर्नुभएको थियो । 

कार्यक्रममा विज्ञहरुले प्रस्तुत गरेका विषयमाथि सरोकालाहरुले विषयगत रुपमा छलफल गरेर न्यून कार्बन उत्सर्जनका लागि गर्नुपर्ने नीतिगत तथा प्रक्रियागत सुधारका विषयमा सुझाव प्रस्तुत गर्दै महानगर, प्रदेश तथा सङ्घीय सरकारले अवलम्बन गर्नुपर्ने तत्कालीन र दीर्घकालीन नीतिबारे स्पष्ट गर्नुभएको थियो ।