४ असार २०८३, बिहीबार
,
Latest
अधिकार सम्पन्न यातायात प्राधिकरण गठन नभएसम्म सुधार सम्भव छैन ई–पासपोर्ट खरिद प्रकरण: अनुसन्धानको लागि पूर्व परराष्ट्रमन्त्री आरजुलाई पत्र संसदमा शिक्षामन्त्री सस्मित: के के छन् सरकारका प्रथामिकता ? राप्रपाको कार्यसम्पादन समिति बैठक सुरु, महाधिवेशनदेखि निर्वाचन निर्देशिकासम्म छलफल हुने पीरतीले मलाई सांसद र मन्त्री बनायो: महावीर पुन ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज पक्की पुल बनेपछि बर्सातमा सडक बन्द हुने समस्या हट्यो ईभी प्रकरणको निष्पक्ष छानबिन नभए आन्दोलन गर्ने एमालेको चेतावनी वागमती प्रदेशमा यातायात क्षेत्रको सुधार र कर छुटको घोषणाः २० वर्षको वक्यौतामा दुई वर्षको मात्र…
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी प्रदेशमा नयाँ सरकार गठन हुँदै



अ+ अ-

रुपन्देही । लुम्बिनी प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ । यसका लागि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले प्रदेश प्रमुख समक्ष दाबी पेश गर्न लागेका हुन् । प्रदेश प्रमुख अमिक शेरचनले सरकार गठनका लागि दाबी पेश गर्न दिउँसो ३ बजेसम्मका समयसीमा निर्धारण गर्नुभएको छ ।  

कांग्रेस संसदीय दलका प्रमुख सचेतक फखरुद्दिन खानले निर्धारित समयभित्र सरकार गठनका लागि प्रदेश प्रमुख समक्ष दाबी पेश गर्ने जानकारी दिनुभयो । ती चार दलले मुख्यमन्त्री पदमा माओवादी केन्द्र, संसदीय दलका नेता कुलप्रसाद केसीलाई प्रस्ताव गर्न लागेका बताइएको छ । नेकपा (एमाले) भने सरकारका लागि दाबी पेश नगर्ने जनाइएको छ । 

प्रदेशसभामा हाल ८० सदस्य रहेकामा बहुमतका लागि ४१ सदस्य आवश्यक हुन्छ ।  कांग्रेसका १९, माओवादी केन्द्रका १८, जसपाका ३ र जनमोर्चाका १ जनाले सरकारका लागि दाबी पेश गर्न लागेको जनाइएको छ ।