• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

लुम्बिनी प्रदेश सरकारमा दाबी गर्दै गठबन्धनले बुझायो ४२ जनाको हस्ताक्षर



बुटवल । लुम्बिनी प्रदेश सरकारमा दाबी गर्दै प्रदेश प्रमुख अमिक शेरचनलाई चार दलीय गठबन्धनले ४२ जना सांसदको हस्ताक्षर बुझाएको छ । ४२ जना सांसदको समर्थन माओवादी केन्द्रका नेता कुलप्रसाद केसी (सोनाम)लाई रहेको भन्दै प्रदेश प्रमुख शेरचनलाई गठबन्धनका संयोजक एवम् कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनोडियाले हस्ताक्षर बुझाएका हुन् ।

गठबन्धनमा हृदयश त्रिपाठी समूहमा रहेका अजय शाही समेत मिसिएका छन् । 

लुम्बिनी प्रदेशमा गठबन्धनको तर्फबाट केसीको पक्षमा स्पष्ट बहुमत देखिएको छ । त्यसैले प्रदेश प्रमुख शेरचनले केसीलाई आजै मुख्यमन्त्री नियुक्त गर्नेछन् । आजै सपथ ग्रहण गरेर सानो आकारको मन्त्रिपरिषद गठन गर्ने केसीको तयारी छ ।