१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर

पोखरालाई कार्बन तटस्थ सहर बनाउन छलफल

पोखरालाई कार्बन तटस्थ सहर बनाउन छलफल
अ अ+ अ-

पोखरा । पोखरा महानगरपालिकाको आयोजना र बेलायती सहयोग नियोगको प्राविधिक सहयोगमा पोखरालाई कार्बन तटस्थ सहर बनाउने बारे छलफल भएको छ । 

महानगरको ‘दीर्घकालीन सोचपत्र पोखरा २१००’ मा पोखरालाई कार्बन तटस्थ सहर बनाउने लक्ष्य निर्धारण गरिएकाले सो लक्ष्य पूरा गर्न महानगरभित्र मुख्य कार्वन उत्सर्जन गर्ने क्षेत्रहरु पत्ता लगाई सोको निराकरणका लागि आवश्यक रणनीति अपनाउने उद्देश्यले सरोकारवालाबीच कार्यशाला आयोजना गरिएको हो । 

कार्यक्रममा प्रा डा ओम शर्माले पोखरालाई कार्बन न्युट्रल बनाउन आवश्यक रहेको  विषयसँगै महानगरको स्थिति पत्रमा कसरी काम भइरहेको छ भन्ने विषयमा आफ्ना धारणाहरु प्रस्तुत गर्नुभएको थियो । 
    
परियोजनाका प्राविधिक निर्देशक डा जिम आर्थरले महानगरले दीर्घकालीन सोच बनाउँदा कार्बन न्युट्रल बनाउने विषयमा गरेको प्रतिवद्धता स्मरण गर्दै उक्त कार्यमा सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले पोखरालाई अन्तर्राष्ट्रिय स्तरको पर्यटकीय सहरका रुपमा थप परिचित बनाउन महानगरको अग्रसरतालाई प्रशंसनीय रहेको धारणा राख्नुभयो ।  

सुदृढ परियोजनाका नीतिगत सल्लाहकार तथा पूर्वसचिव कृष्ण ज्ञवालीले नेपालले अन्तर्राष्ट्रिय मञ्चहरुमा गरेको प्रतिबद्धताअनुसार कार्बन तटस्थताको दिशामा अघि बढ्न जरुरी भएको र सो कार्यमा पोखरा महानगर अग्रस्थानमा रहेको बताउनुभयो । 

नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले कार्बन उत्सर्जन अहिलेको अति आवश्यक विषय भएकाले यसमा सहकार्य गर्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले वातावरण मैत्री हरित दिगो र समावेशी विकासका क्षेत्रमा महानगरले गरेको कार्य प्रशंसनीय रहेको बताउँदै दूतावासका तर्फबाट यस्ता कार्यक्रमलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
    
नेपालस्थित बेलायती दूतावासका वरिष्ठ सल्लाहकार डा सविता थापाले अबको युग कार्वन तटस्थाको बनाउन अपरिहार्य भएकाले पालिकाहरुले कार्बन तटस्थ योजना बनाएर विकासका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । 

पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले महानगर दीर्घकालीन सोचअनुरुप कार्वन तटस्थाको विकासको मोडलमा अगाडि बढेर मार्गचित्र तय भएको र त्यसको कार्यन्वयनमा लैजाने सबैको दायित्व रहेको बताउनुभयो । 

महानगरको सहरी योजनाका उपाध्यक्ष रामचन्द्र लामिछानेले पोखरा पर्यावरणीय संवेदनशील सहर भएकाले यहाँका विकास योजनाहरुलाई कार्बन तटस्थ बनाएर तर्जुमा गरेर कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । 

गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्रालयका सचिव बद्रीराज ढुङ्गानाले यस्ता कार्यक्रमले दिगो विकासका लक्ष्यहरु प्राप्त गर्न सहयोग गर्ने बताउँदै प्रदेश मन्त्रालयले पनि यस्ता कार्यक्रमलाई आवश्यक सहयोग गर्ने बताउनुभयो ।

सुदृढ परियोजना पोखराका संयोजक होमनाथ गैरेले महानगरको स्थिति पत्र तयारका क्रममा सङ्कलित सूचना तथा तथ्याङ्कको प्रारम्भिक नतिजा प्रस्तुत गर्नुभएको थियो । 

कार्यक्रममा विज्ञहरुले प्रस्तुत गरेका विषयमाथि सरोकालाहरुले विषयगत रुपमा छलफल गरेर न्यून कार्बन उत्सर्जनका लागि गर्नुपर्ने नीतिगत तथा प्रक्रियागत सुधारका विषयमा सुझाव प्रस्तुत गर्दै महानगर, प्रदेश तथा सङ्घीय सरकारले अवलम्बन गर्नुपर्ने तत्कालीन र दीर्घकालीन नीतिबारे स्पष्ट गर्नुभएको थियो ।