• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

बाँकेमा नौजनाद्वारा उम्मेदवारी फिर्ता



नेपालगञ्ज । प्रतिनिधिसभा र प्रदेशसभातर्फ बाँकेमा नौ उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेदवारी फिर्ता लिनेमा एक प्रतिनिधिसभा र आठ प्रदेशसभाका उम्मेदवार छन् ।

बाँके क्षेत्र नम्बर–३ मा उम्मेदवारी दिएका रवीन्द्रमान श्रेष्ठले उम्मेदवारी फिर्ता लिनुभएको छ । क्षेत्र नम्बर–३ मा सत्ता गठबन्धनबाट कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर उम्मेदवार हुनुहुन्छ ।

क्षेत्र नम्बर–१ का प्रदेशसभाका उम्मेदवार उग्रसेन यादव र विक्रम यादव, क्षेत्र नम्बर–२ का प्रदेशतर्फ स्वतन्त्र उम्मेदवारद्वय राजेन्द्र कँडेल र विनयचन्द्र गुप्ता, क्षेत्र नम्बर–३ को प्रदेशसभा सदस्य उम्मेदवार जाकिर हुसैन, दीपक जीएम, इन्द्रबहादुर थापा, राजकुमार ढकाल र सन्तबहादुर खत्रीले उम्मेदवारी फिर्ता लिनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

तीन निर्वाचन क्षेत्र रहेको बाँकेमा प्रतिनिधिसभा र प्रदेशमा गरी नौ जना निर्वाचित हुनेछन् । यसका लागि ९९ जनाले उम्मेदवारी दिएका थिए । आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ ।