२३ आश्विन २०८१, बुधबार
,
Latest
दशैंको उल्लास, देशभर कहाँ के भइरहेको छ ? (फोटो फिचर) जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अझै रोकिएनन् बालविवाह



अ+ अ-

मान्म । कालीकोटमा बालविवाहको घटना बढ्दै गएका छन् । गरिबी, शिक्षा र चेतनाको कमी, छोरीलाई बोझका रूपमा लिने कुसंस्कार, कानुन कार्यान्वयनको अभाव, अपराधलाई राजनीतिक संरक्षण दिने चलन, सामाजिक सञ्जालको दुरुपयोगजस्ता कारणले त्यस्ता घटना वृद्धि भएको हो ।

किर्डाक नेपालले सञ्चालन गरेको सहयात्रा परियोजनाका अनुसार सन् २०२० मा तिलागुफा नगरपालिका र शुभकालिका गाउँपालिकामा ४३४ विवाह भएको मध्ये १६९  कम उमेरमा भएको थियो । 

बालविवाहविरुद्ध अभियान निरन्तर सञ्चालनमा रहेको छ ।  यस वर्षको वैशाखयता मात्र बालविवाहका १४ मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका छन् । “दुई विवाहमा भने मुद्दा चलाइएको छ ।” कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक भूपेन्द्र शाहीले भन्नुभयो, “बालिकाका अभिभावकले उजुरी दिएपछि विवाह गर्ने बालबालिकालाई सम्झाएर घर पठाइएको छ ।”

बालअधिकारकर्मी बाले विश्वकर्माले पाँच वर्षअघि ६१ प्रतिशत रहेको बालविवाहदर अहिले २५ प्रतिशतमा झरेको भएपनि  अभिभावकको सहयोग नहुँदा सफलता पाउन नसकिएको बताउनुभयो ।

बालविवाहको कारण दाम्पत्य जीवनमा समेत असर गर्ने गरेको र घरेलु हिंसा हुँदै सम्बन्धविच्छेदसम्म हुने गरेका जनाइएको छ । जिल्ला अदालतमा २३ सम्बन्धविच्छेदका मुद्दा परेका मध्ये ८० प्रतिशत बालविवाहका कारण सम्बन्धविच्छेदसम्म पुगेको सूचना अधिकारी निरीक्षक शाहीले बताउनुभयो ।