२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजेन्द्र महतो पनि उठेको सर्लाही–२ मा सत्ता गठबन्धनका आधिकारिक उम्मेदवार महेन्द्र राय यादव



अ+ अ-

काठमाडौँ । सत्तारूढ गठबन्धनले सर्लाही–२ मा नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवलाई आफ्ना आधिकारिक उम्मेदवार भएको बताएको छ ।

गठबन्धनका शीर्ष नेताहरूले विज्ञप्ति जारी गर्दै यादव साझा उम्मेदवार भएको जानकारी दिएका हुन् ।

यो क्षेत्रमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का राजेन्द्र महतो पनि उम्मेदवार छन् । लोसपाले मंसिर ४ मा हुने चुनावका लागि सत्ता गठबन्धनसँग तालमेल गरेको छ ।

चुनावी तालमेल गरेका लोसपाका महतो र माओवादी केन्द्रको चुनाव चिन्हबाट चुनाव लडेका यादवमध्ये को गठबन्धनको साझा उम्मेदवार हो भन्ने अन्यौलकाबीच अन्ततः शीर्ष नेताहरूले यादव आधिकारिक उम्मेदवार बताएका हुन् ।