११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी प्रदेश सरकारः मुख्यमन्त्रीमा कुलप्रसादको मात्रै दाबी



अ+ अ-

काठमाडौं । लुम्बिनी प्रदेशमा बहुमतको सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरिएको समय सकिएको छ । संविधानको धारा १६८ (२) को अनुसार प्रदेश प्रमुख अमिक शेरचनले सरकार गठनको लागि आह्वान गरेका थिए । प्रदेश प्रमुख शेरचनले आज दिउँसो ३ बजेसम्मको समय दिएका थिए ।

गत बुधबार मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका थिए । पोखरेलको राजीनामापछि नयाँ सरकार गठनको लागि २२ घण्टाको समयावधि दिइएको हो । यता मुख्यमन्त्रीमा माओवादी संसदीय दलका नेता कुलप्रसाद केसीको मात्रै दाबी परेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ । 

लुम्बिनी प्रदेश सरकारमा दाबी गर्दै प्रदेश प्रमुख शेरचनलाई चार दलीय गठबन्धनले ४२ जना सांसदको हस्ताक्षर समेत बुझाएको छ । ४२ जना सांसदको समर्थन नेता केसीलाई रहेको भन्दै प्रदेश प्रमुख शेरचनलाई गठबन्धनका संयोजक एवम् कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनोडियाले हस्ताक्षर बुझाएका थिए ।

गठबन्धनमा आबद्ध प्रदेशसभा सदस्यले नेता केसीलाई मुख्यमन्त्री बनाउन माग गरेका छन् । गठबन्धनमा हृदयश त्रिपाठी समूहमा रहेका अजय शाही समेत मिसिएका छन् ।