• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

लुम्बिनी प्रदेश सरकारः मुख्यमन्त्रीमा कुलप्रसादको मात्रै दाबी



काठमाडौं । लुम्बिनी प्रदेशमा बहुमतको सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरिएको समय सकिएको छ । संविधानको धारा १६८ (२) को अनुसार प्रदेश प्रमुख अमिक शेरचनले सरकार गठनको लागि आह्वान गरेका थिए । प्रदेश प्रमुख शेरचनले आज दिउँसो ३ बजेसम्मको समय दिएका थिए ।

गत बुधबार मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका थिए । पोखरेलको राजीनामापछि नयाँ सरकार गठनको लागि २२ घण्टाको समयावधि दिइएको हो । यता मुख्यमन्त्रीमा माओवादी संसदीय दलका नेता कुलप्रसाद केसीको मात्रै दाबी परेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ । 

लुम्बिनी प्रदेश सरकारमा दाबी गर्दै प्रदेश प्रमुख शेरचनलाई चार दलीय गठबन्धनले ४२ जना सांसदको हस्ताक्षर समेत बुझाएको छ । ४२ जना सांसदको समर्थन नेता केसीलाई रहेको भन्दै प्रदेश प्रमुख शेरचनलाई गठबन्धनका संयोजक एवम् कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनोडियाले हस्ताक्षर बुझाएका थिए ।

गठबन्धनमा आबद्ध प्रदेशसभा सदस्यले नेता केसीलाई मुख्यमन्त्री बनाउन माग गरेका छन् । गठबन्धनमा हृदयश त्रिपाठी समूहमा रहेका अजय शाही समेत मिसिएका छन् ।