• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त



बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी नियुक्त भएका छन् । आज (बिहिबार) प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

गत बुधबार मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका थिए । पोखरेलको राजीनामापछि नयाँ सरकार गठनको लागि २२ घण्टाको समयावधि दिइएको थियो ।

केसीले बिहीबार बहुमत प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका थिए । गठबन्धनका मुख्य घटक कांग्रेस र माओवादीबीच आठ–आठ महिना सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।