२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उदयपुरमा १५९ किलो ४०० ग्राम गाँजासहित एक जना पक्राउ News Polar सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगरबस News Polar घटस्थापनादेखि एक लाख नौ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका News Polar इसिमोडको अध्ययन सार्वजनिक : भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन News Polar एलपी ग्यास अब डिलरमार्फतै किन्न संघको आग्रह News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar राष्ट्रपति पाैडेलले जारी गरे दुई वटा अध्यादेश News Polar दोधारा–चादँनी झोलुङ्गे पुल पुनःनिर्माण गर्न २० करोड लाग्ने अनुमान News Polar विद्यार्थी केन्द्रित शिक्षा ऐन निर्माणका लागि गण्डकीका सरोकारवालासँग मन्त्रालयको शिक्षा संवाद News Polar खाद्य तथा औषधि प्राधिकरण स्थापना र सञ्चालनबारे छलफल News Polar किष्ट सेन्टरमा क्यान्सरका बिरामीलाई तीन सातासम्म निःशुल्क सेवा News Polar परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालको भेट News Polar टेलिकम जुम्लाद्वारा पाँच हजार ७८९ सिमकार्ड वितरण News Polar आरुघाट पुलमा बेलीब्रिज निर्माणका लागि सात ट्रक सामग्री News Polar पर्वतीय विपद् व्यवस्थापनका लागि नीतिगत पुनरावलोकन गर्नुपर्ने News Polar स्याफ्रुबेसी पुगेर प्रचण्डको अपिल : जलवायु न्यायका लागि नेपाललाई क्षतिपूर्ति देऊ News Polar नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य News Polar वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ News Polar हुलाकलाई जनताको महत्वपूर्ण अंगका रूपमा विकास गर्छौंः सञ्चारमन्त्री तिमिल्सिना News Polar कोरियाका लागि प्रश्तावित राजदुत डा. श्रेष्ठको कार्ययोजनाः ‘कुटनीतिलाई आर्थिक समृद्धि र नागरिक सुरक्षासँग जोड्छु’

देउवा पक्षका जिल्ला सभापतिहरुको ठहर पौडेल पक्षले महाधिवेशन भाँड्न खोजे

देउवा पक्षका जिल्ला सभापतिहरुको ठहर  पौडेल पक्षले  महाधिवेशन भाँड्न खोजे
अ अ+ अ-

काठमाडौ । नेपाली कांग्रेसका संस्थापन पक्षीय जिल्ला सभापतिहरुले इतर पक्षले महाधिवेशन भाँड्न लागेको निष्कर्ष निकालेका छन् । ललितपुरको समिट होटलमा बिहीवार बसेको संस्थापन पक्षीय जिल्ला सभापतिहरुको बैठकले इतर पक्षीय सभापतिहरुको बैठकप्रति आपत्ति जनाउँदै इतर पक्षले महाधिवेशन भाँड्न लागेको निष्कर्ष निकालेका हुन् । बैठकपछि संस्थापन पक्षका कञ्चनपुर जिल्ला सभापति हरिप्रसाद बोहोराले १४ औँ महाधिवेशनलाई फोकस गरेर छलफल भएको बताउनुभयो । उहाँले महाधिवेशनको समय सकिन लागेको जनाउँदै दश–बाह्र दिनमै महाधिवेशन सिध्याउन सक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “१४ औँ महाधिवेशनलाई नै फोकस गरेर छलफल गर्यौं, किनभने १४ औँ महाविधवेशनको समय सिद्धन लाग्यो, हामीले महाधिवेशन १०÷१२ दिनमै सक्छौँ, यदि कांग्रेसको क्रियाशिल विवाद सकियो भने, हामीसँग अझै समय छ, छिटो भन्दा छिटो महाधिवेशनको प्रक्रिया अघि बढाउनुपर्छ र महाधिवेशन गर्नुपर्छ भन्ने विषयलाई नै फोकस गरियो ।”

नेपाली कांग्रेस सप्तरी जिल्ला सभापति दिनेश यादवले कांग्रेसले सप्तरी र बारा जिल्लालाई पनि नयाँ क्रियाशील सदस्यता दिनुपर्ने माग राखेको बताउनुभयो । उहाँले जिल्लाका केही वडाहरुले यसमा असन्तुष्टि व्यक्त गरेको भन्दै नयाँ क्रियाशील सदस्यबाट वञ्चित गर्ने षड्यन्त्र रोक्नुपर्ने माग राख्नुभयो ।

उहाँले भन्नुभयो, “देशभर क्रियाशील छानबिन सदस्य गठन गरेको कांग्रेसले देशभर क्रियाशील छानबिन सदस्य गठन गरेको छ, सप्तरी र बारा जस्तो जिल्लालाई नयाँ क्रियाशील सदस्यबाट वञ्चित गर्ने षड्यन्त्र गरेको छ, सभापतिको भेलाले सप्तरी र बाराको नयाँ क्रियाशील सदस्यताको फाइल दिनुपर्छ भनेर एकमतले कुरा उठाएका छौँ ।”

नेपाली कांग्रेस दोलखाका जिल्ला सभापति रुद्रबहादुर खड्काले कांग्रेसको १४ आँै अधिवेशनलाई विधिसम्मत, संविधानसम्मत, छिटो सम्पन्न गर्नुपर्ने बारेमा छलफल गर्नुपर्ने बताउनुभयो । उहाँले बारा र सप्तरी जिल्लाका केही वडाहरुमा क्रियाशील सदस्यताहरुको विषयलाई निकालेर महाधिवेशन अल्मल्याएको आरोप लगाउनुभयो । उहाँले महाधिवेश टार्नका लागि शीर्ष नेताहरुले बेवास्ता गरिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो अधिवेशनलाई विधिसम्मत, संविधानसम्मत, छिटो सम्पन्न गर्नुपर्छ भन्ने ध्येयका साथ हामी छलफलमा छौँ, यही सुझावसहित केही बुँदाहरु पनि सार्वजनिक गरेका छौँ, अहिले क्रियाशील सदस्यतालाई अल्मल्याएर विशेष महाधिवेशनमा लैजाने भ्रम छ, यो भ्रममा रहनुहुँदैन, क्रियाशील सदस्यताको टुंगो लगाउन शीर्ष नेताहरुलाई जिम्मेवारी दिइएको छ, उहाँहरुले त्यसलाई बेवास्ता गरेको जस्तो हामीले बुझेका छौँ, बेवास्ताको पछाडि अधिवेशन अल्मिलियोस्, अधिवेशन गर्ने भनेर प्रेशर दिने तर क्रियाशीलले अधिवेशन भन्दा अघिका काम रोकिराख्ने प्रपञ्चको अन्त्य होस् ।”

नेपाली कांग्रेस ओखलढुङ्गा जिल्ला सभापति प्रदीप सुनुवारले क्रियाशील सदस्यहरुको विवाद नरहेको बताउनुभयो । उहाँले सर्वपक्षीय रुपमा बनेको छानबिन समितिले सर्वपक्षीय रुपमै निर्णय गरेकोले विवाद नरहेको बताउनुभयो । निर्णय भइसकेको कुरा निकाल्नु अधिवेशनलाई धकेल्ने कुरा मात्रै भएको उहाँको गुनोसो छ ।

उहाँले भन्नुभयो, “क्रियाशील सदस्यहरुको विवाद छैन, विवाद भएको भए छलफल हुन्थ्यो, यसमा सर्वपक्षीय छानबिन समिति बनेको छ, यसले सर्वपक्षीय रुपमै निर्णय गरेको छ, निर्णय भइसकेको कुरा निकाल्नु भनेको अधिवेशनलाई धकेल्ने काम मात्रै हो ।”

नेपाली कांग्रेस बाराका जिल्ला सभापति जयचन चौरासियाले विधिसम्मत रुपमा बारा र सप्तरीका क्रियाशील सदस्यहरुको फाइल खोल्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “अविलम्ब केन्द्रीय कार्यसमितिले खोल्न लगाउनुपर्छ विधिसम्मत, बारा र सप्तरीको क्रियाशीलका फाइलहरु खोलिएको छैन, त्यसलाई विधिसम्मत रुपमा अविलम्ब केन्द्रीय कार्यसमितिले खोल्न लगाउनुपर्छ र विधिसम्मत आएका नयाँ र पुराना समावेशी भएर आएका नयाँ र पुराना, सबै सदस्यहरुलाई सदस्यता दिनुपर्छ ।”

उहाँले विधिसम्मत आएका नयाँ र पुराना समावेशी भएर आएका नयाँ र पुराना, सबै सदस्यहरुलाई सदस्यता दिनुपर्ने माग राख्नुभयो ।