२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उदयपुरमा १५९ किलो ४०० ग्राम गाँजासहित एक जना पक्राउ News Polar सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगरबस News Polar घटस्थापनादेखि एक लाख नौ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका News Polar इसिमोडको अध्ययन सार्वजनिक : भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन News Polar एलपी ग्यास अब डिलरमार्फतै किन्न संघको आग्रह News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar राष्ट्रपति पाैडेलले जारी गरे दुई वटा अध्यादेश News Polar दोधारा–चादँनी झोलुङ्गे पुल पुनःनिर्माण गर्न २० करोड लाग्ने अनुमान News Polar विद्यार्थी केन्द्रित शिक्षा ऐन निर्माणका लागि गण्डकीका सरोकारवालासँग मन्त्रालयको शिक्षा संवाद News Polar खाद्य तथा औषधि प्राधिकरण स्थापना र सञ्चालनबारे छलफल News Polar किष्ट सेन्टरमा क्यान्सरका बिरामीलाई तीन सातासम्म निःशुल्क सेवा News Polar परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालको भेट News Polar टेलिकम जुम्लाद्वारा पाँच हजार ७८९ सिमकार्ड वितरण News Polar आरुघाट पुलमा बेलीब्रिज निर्माणका लागि सात ट्रक सामग्री News Polar पर्वतीय विपद् व्यवस्थापनका लागि नीतिगत पुनरावलोकन गर्नुपर्ने News Polar स्याफ्रुबेसी पुगेर प्रचण्डको अपिल : जलवायु न्यायका लागि नेपाललाई क्षतिपूर्ति देऊ News Polar नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य News Polar वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ News Polar हुलाकलाई जनताको महत्वपूर्ण अंगका रूपमा विकास गर्छौंः सञ्चारमन्त्री तिमिल्सिना News Polar कोरियाका लागि प्रश्तावित राजदुत डा. श्रेष्ठको कार्ययोजनाः ‘कुटनीतिलाई आर्थिक समृद्धि र नागरिक सुरक्षासँग जोड्छु’

असोज मशान्तसम्ममा थप १ करोड २ लाख खोप प्राप्त हुन्छः स्वास्थ्यमन्त्री उमेश श्रेष्ठ

असोज मशान्तसम्ममा थप १ करोड २ लाख खोप प्राप्त हुन्छः स्वास्थ्यमन्त्री उमेश श्रेष्ठ
अ अ+ अ-

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले असोज मशान्तसम्ममा थप १ करोड २ लाख खोप प्राप्त हुने बताउनुभएको छ । बिहीवारको प्रतिनिधि सभा बैठकमा सार्वजनिक महत्वको विषयमा बोल्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले हालसम्म १ करोड ८ लाख ६० हजार १ सय ७० मात्रा कोभिड १९ विरुद्धको खोप प्राप्त भएको जानकारी दिनुभयो ।

उहाँले असोज मशान्तसम्म १ करोड २ लाख प्राप्त हुने र माघ मशान्तसम्ममा ३ करोड २३ लाख मात्रा खोप प्राप्त हुने उहाँले बताउनुभयो । त्यस्तै माघ महिनासम्ममा ५ करोड २३ लाख मात्रा उपलब्ध हुनेपनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो –  ‘हालसम्म प्राप्त भइसकेको १ करोड ८ लाख ६० हजार १ सय ७०, प्रक्रियामा रहेको खोप ३ करोड ३६ लाख ७१ हजार ९ सय ५०, जसमध्ये असोज मसान्तसम्म १ करोड २ लाख प्राप्त हुने, माघ मसान्तमा ३ करोड २३ लाख थप प्राप्त हुने, माघसम्म आपुर्ति हुने अनुमान ५ करोड २३ लाख डोज खोप उपलब्ध हुनेछ ।’

राज्यमन्त्री श्रेष्ठले नेपाली जनतालाई कुल ५ करोड ५० लाख खोप आवश्यक रहेको उल्लेख गर्दै केपी ओली नेतृत्वको सरकारले ९७ लाख खोप प्राप्त गरी असार महिनाको अन्तिमसम्ममा ४२ लाख खोप जनतालाई उपलब्ध गराइएको बताउनुभयो । उहाँले नयाँ सरकारले ७५ लाख खोप लगाएको पनि उल्लेख गर्नुभयो । वर्तमान सरकारले दैनिक १ लाख ५० हजारदेखि २ लाखसम्म खोप लगाएको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘नेपाली जनतालाई कुल ५ करोड ५० लाख खोप आवश्यकता छ । पुर्ववर्ती सरकारको पालामा ९७ लाख खोप प्राप्त गरी असार महिनाको अन्तसम्म ४२ लाख खोप मात्र जनतालाई उपलब्ध गराइएको थियो । नयाँ सरकार आएपछि हिजोसम्म ७५ लाख खोप लगाइएको छ । वर्तमान सरकारले खोपलाई अभियानको रुपमा प्रत्येक दिन १ लाख पचासहजार देखि २ लाख खोप लगाउने थालनी गरेको छ । असोज मसान्त सम्म भुटानबाट प्राप्त समेत १ करोड ८ लाख प्राप्त हुने सुनिश्चित भएको छ । सुनिश्चित भए अनुसार नेपाली जनतालाई कमसेकम ३३ प्रतिशत जनतालाई खोप लगाउने कार्यक्रमहरु राखिएको छ ।’

उहाँले विगत एक हप्ताको आँकडा अनुसार कोभिड १९ संक्रमणदर बढेकोले सबैलाई जनस्वास्थ्यको मापदण्ड अपनाएर सुरक्षित हुन अपिल गर्नुभयो । राज्यमन्त्री श्रेष्ठले हाल ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाहरु १९ पुगेको जानकारी दिनुभयो । आगामी पाँच महिनामा थप अनुमानित १ लाख ९३ हजार  संक्रमित हुने, करिब ३८ हजारलाई अस्पताल भर्ना आवश्यक पर्ने र ९ हजार ६ सय ९३ जनालाई सघन उपचार आवश्यक पर्ने प्रक्षेपण मन्त्रालयले गरेको उहाँले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘विगत एकहप्ताको कोभिडको आँकडा हेर्दा फेरी कोभिडको संक्रमणदर क्रमशः बढ्दै गइरहेको छ । यतिबेला देशमा सक्रिय संक्रमितको संख्या ३८ हजार नाघिसकेको छ । अहिलेको संक्रमणदर २५ प्रतिशतको हाराहारीमा रहेको छ । म यो सदनमार्फत् सबैलाई सावधानीपूर्वक जनस्वास्थ्यको मापदण्ड अपनाउन पुन अपिल गर्न चाहान्छु । कोभिड १९ बाट हालसम्म ७ लाख ७५ हजार ३ सय ९१ जना संक्रमित भएका छन् भने ६ लाख ७५ हजार ८३ जना निको भइसकेको छ । १० हजार १ सय ८० जनाले अमुल्य जीवन गुमाउनु परेको छ । हालसम्म कुल जनसंख्याको १३ प्रतिशतको परिक्षण भएको । हालसम्म कुल जनसंख्याको २।६ प्रतिशत संक्रमित भएका छन् ।

औसत पोजेटिभ प्रतिशत १९।४ प्रतिशत रहेको । हाल देशभरी संक्रमित ३८ हजार ३३ रहेका छन् । मृत्युदर १।५ हिजोदेखिको मितिबाट १० हजार १ सय ८० दुखद निधन भएको तथ्यांक छ । हाल ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाहरु १९ पुगेको छ । आगामी पाँच महिनामा थप अनुमानित १ लाख ९३ हजार  संक्रमित हुने करिब ३८ हजारलाई अस्पताल भर्ना आवश्यक पर्ने र जसमध्ये ९ हजार ६ सय ९३ जनालाई सघन उपचार आवश्यक पर्ने प्रक्षेपण अनुसार द्रुत कार्ययोजना बनाएर तयारी गरिएको छ ।’

बन्द रहेको विद्यालयहरुमा शैक्षिक क्रियाकलाप सञ्चालन गर्नका लागि विद्यार्थीहरुलाई खोप उपलब्ध गराउने तयारीका लागि खोप ल्याउने गृहकार्य पनि अगाडी बढाइएको उहाँले भनाई छ । उहाँले भन्नुभयो – ‘लामो समयदेखि बन्दप्राय रहेका पठन पाठन लगायत शैक्षिक क्रियाकलापको निरन्तरको लागि विद्यार्थीहरुलाई खोप उपलब्ध गराउने तयारी छ यसको लागि किशोर किशोरी लक्षित खोप ल्याउने गृहकार्य अगाडी बढाइएको सम्मानीत सदनलाई जानकारी गराउन चाहान्छु ।’

उहाँले सरकारले नागरिकको जीवन रक्षा, महामारी नियन्त्रण, रोकथाम, उपचार र खोप निशुल्क व्यवस्थापनलाई उच्च प्राथमिकता दिएको बताउनुभयो । खोप आयात, भण्डारण, वितरण गरी नेपाली जनताको जीवन रक्षाको जिम्मेवारीलाई सरकारले पुरा गरिरहेको उहाँले बताउनुभयो । राज्यमन्त्री श्रेष्ठले जनस्वास्थ्यको मापदण्ड पालना गर्न सम्पूर्ण नेपाली जनतालाई अनुरोध पनि गर्नुभयो ।