१२ पुष २०८१, शुक्रबार
,
Latest
प्रधानमन्त्रीसमक्ष तीन विश्वविद्यालयका उपकुलपतिको सपथ मेलबर्न टेस्टः भारत फलोअनको खतरामा अस्ट्रेलियाली मिडियाले कोहलीलाई जोकर भनेपछि… नौ रुपैयाँको नुन किन्न पच्चिस सय खर्च सहकारी ठगी प्रकरणमा रवि लामिछानेसँग दोस्रो दिन पनि बयान जारी श्रीलंकाका लागि प्रश्तावित राजदुत नेपालीको संसदीय सुनुवाई सम्पन्न गर्न प्रश्तावित कार्यतालिका परिमार्जनसहित पारित भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने चिसोबाट जोगिन प्राधिकरणको अनुरोध भारतीय पूर्वप्रधानमन्त्री सिंहको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त सरकारी प्रयोजनका लागि नेपाली उत्पादन मात्रै खरिद गर्छौंः मन्त्री भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रभु साहले गठबन्धनसँग षड्यन्त्रपूर्ण साँठगाँठ गरेको शंकर पोखरेलको आरोप



file
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रभु साहले सत्ता गठबन्धनसँग षड्यन्त्रपूर्ण साँठगाँठ गरेको आरोप लगाउनुभएको छ ।

बुधबार महासचिव पोखरेलले सामाजिक सञ्जालमा लेख्दै एमालेको टिकट छाडेर साहले गरेको स्वतन्त्र उम्मेदवारी दिन अराजनीतिक षडुयन्त्रको नमूना हो भन्नुभएको छ ।

उहाँले भन्नुभएको छ, “प्रभु साह जसपासँगको तालमेलको सम्झौता बैठकमा सहभागी हुनु भो । उक्त सहमतिपश्चात मधेस प्रदेशमा उम्मेदवार टुंगो लगाउने छलफलमा बस्नुभो । निर्णय भएअनुसार रौतहटको टिकट पनि लिएर जानु भो ।”

महासचिव पोखरेलका अनुसार पार्टीलाई धोका दिएर अन्तिम समयमा साहले स्वतन्त्र उम्मेदवारी दिँदै अन्य क्षेत्रका उम्मेदवारको टिकटसमेत नदिएर समय गुजार्ने षड्यन्त्र गरेका थिए ।

“राजनीतिमा यस प्रकारको षड्यन्त्रलाई असहमतिको जामा लगाउनुको कुनै अर्थ छैन । यस प्रकारको छलछाम गठबन्धनका नेतासँगको षड्यन्त्रपूर्ण साठगाँठ नै हो”, उहाँले भन्नुभएको छ, “रौतहटका जनताले यस षड्यन्त्रलाई राम्ररी नै बुझेका छन् । मधेस प्रदेशमा नेकपा ९एमाले० र जसपा बीचमा भएको सहकार्य र तालमेललाई पूर्णरुपमा सफल बनाऔँ ।”

साहले एमालेले जसपासँग गठबन्धन गरेर गलत गरेको बताएका थिए । गलत निर्णयविरूद्ध आफ्नो समूहले जसपाले उम्मेदवारी दिएका ठाउँहरूमा स्वतन्त्र उम्मेदवारी दिएको समेत बताए।

साहले जसपासँगको तालमेलपछि आफूसहित मधेसमा ८ वटै जिल्लामा स्वतन्त्र उम्मेदवार उठाएका छन् ।