११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवनियुक्त मुख्यमन्त्री केसीद्वारा लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद विस्तार



अ+ अ-

बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले आजै मन्त्रिपरिषद विस्तार गर्दैछन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाका सांसदहरुलाई समेटेर नवनियुक्त मुख्यमन्त्री केसीले मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् ।

आज (बिहीबार) नेकपा माओवादी केन्द्रबाट कृष्णध्वज खड्का, कांग्रेसबाट डिल्लीबहादुर चौधरी, र जनता समाजवादी पार्टीबाट सहसराम यादव, पुरमती ढेंगा र सुमन शर्मा रायमाझी र अजय शाही मन्त्री बनेका छन् । कांग्रेसका डिल्लीबहादुर चौधरी शहरी तथा ग्रामीण विकास र जसपाका सहसराम यादव भौतिक पूर्वाधार मन्त्री बनेका छन् ।

अरु मन्त्रीहरुको मन्त्रालय तोकिएको छैन । यता स्वतन्त्र राजनीतिक समूहका अजय शाही पनि मन्त्री बन्ने बताईए पनि निश्चित भईसकेको छैन् । मुख्यमन्त्री र मन्त्रीहरुले बिहीबार नै शपथ लिँदैछन् ।