१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवलपुरमा सवारी दुर्घटनामा परी एकको मृत्यु



(सांकेतिक तस्बिर)
अ+ अ-

त्रिवेणी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । दुर्घटनामा परी एक घाइते भएका छन् ।

गए राति विनयीत्रिवेणी गाउँपालिका–२ ज्यामिरेमा भारतबाट ग्यास बोकेर काठमाडौँैका लागि छुटेको एनएलओएल–२४६० नंको ग्यास बुलेट आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष पाठकका अनुसरा उक्त दुर्घटनामा परी सहचालक भारत उत्तर प्रदेश निवासी १८ वर्षीय जयनारायण पालको मृत्यु भएको हो ।

अनियन्त्रित भएर पल्टिएको ग्यास बुलेटमा च्यापिएर उनको मृत्यु भएको हो । यस्तै चालक सोही ठाउँ निवासी ४२ वर्षीय अजयकुमार सिंह घाइते भएका छन् । उनको दुम्किबासमा उपचार भइरहेको छ ।