• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

नवनियुक्त मुख्यमन्त्री केसीद्वारा लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद विस्तार



बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले आजै मन्त्रिपरिषद विस्तार गर्दैछन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाका सांसदहरुलाई समेटेर नवनियुक्त मुख्यमन्त्री केसीले मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् ।

आज (बिहीबार) नेकपा माओवादी केन्द्रबाट कृष्णध्वज खड्का, कांग्रेसबाट डिल्लीबहादुर चौधरी, र जनता समाजवादी पार्टीबाट सहसराम यादव, पुरमती ढेंगा र सुमन शर्मा रायमाझी र अजय शाही मन्त्री बनेका छन् । कांग्रेसका डिल्लीबहादुर चौधरी शहरी तथा ग्रामीण विकास र जसपाका सहसराम यादव भौतिक पूर्वाधार मन्त्री बनेका छन् ।

अरु मन्त्रीहरुको मन्त्रालय तोकिएको छैन । यता स्वतन्त्र राजनीतिक समूहका अजय शाही पनि मन्त्री बन्ने बताईए पनि निश्चित भईसकेको छैन् । मुख्यमन्त्री र मन्त्रीहरुले बिहीबार नै शपथ लिँदैछन् ।