१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप छनोटः नेपालले पहिले बलिङ गर्ने



अ+ अ-

काठमाडौं । आइसिसी टि२० विश्वकप छनोट ए को पहिलो सेमिफाइनल खेलमा युनाइटेड अरव इमिरेट्स (युएई) विरुद्ध नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । 

ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा युएईले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो । 

टी–ट्वान्टी विश्वकपमा छनोट हुने लक्ष्यसाथ ओमान पुगेको नेपालका लागि यस खेल महत्वपूर्ण रहेको छ । 

यस खेलबाट नै नेपालको विश्वकप यात्राको छिनोफानो हुने भएकाले यो खेल निकै महत्वपूर्ण रहेको छ । 

यस खेलमा विजेता बन्दै फाइनल पुग्ने टोलीले अष्ट्रेलियामा आगामी अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपमा स्थान बनाउनेछ । 

नेपालले सन् २०१४ मा बंगलादेशमा आयोजना भएको टी–ट्वान्टी विश्वकप खेलेको थियो । त्यसयता नेपाल छनोट हुन सकेको छैन । 

नेपालको प्लेइङ ११ः आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, सन्दीप लामिछाने (कप्तान), कमलसिंह ऐरी, जितेन्द्र मुखिया, विवेक यादव र अभिनाश बोहरा