६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुम्ला बाढी पहिरो अपडेटः थप दुई जनाको मृत्यु, छ जना बेपत्ता



अ+ अ-

जुम्ला । एक सातादेखि परेको वर्षाले जुम्लामा बाढीपहिरोबाट हालसम्म १० जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन् ।

प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीका अनुसार मङ्गलबार विपद् व्यवस्थापन समितिको बैठकमा विपद्ले पारेको धनजनको क्षतिबारे जानकारी दिँदै जिल्लाको कनकासुन्दरी गाउँपालिका–५ बारकोटेबाडामा स्थानीय गणेश शाहीको घर भत्कँदा आठ जनाको मृत्यु जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गुठीचौर र हिमा गाउँपालिका एक÷एक जनाको मृत्यु भएको छ । हिमा गाउँपालिकाकै छ जना अझै बेपत्ता छन् ।

सदरमुकाम खलङ्गा एक सातादेखि विद्युत्, सञ्चारविहीन बनेको छ । जिल्लाभर ८५ भन्दा बढी घर पूर्णरूपमा क्षति भएको छ । दुई सयभन्दा बढी घर आंशिकरूपमा क्षति भएको छ । “अहिले सुरक्षा निकाय परिचालन गरी क्षतिको यकिन तथ्याङ्क सङ्कलन गर्ने कामदेखि राहत र उद्धारमा सबै निकाय लागिपरेको प्रजिअ केसरीले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार अविरल वर्षाले कर्णाली राजमार्ग सञ्चालन भएको छैन । अझै दुई सातासम्म राजमार्ग सञ्चालन गर्न समय लाग्ने भएको छ । सडक डिभिजन कार्यालयले सडकमा डोजरसमेत लगाएको छ । स्थानीय तहले पनि डोजर लगाएर पहिलो प्रथामिकता भनेको राजमार्ग सञ्चालन गर्न सबै लागिपर्न जरुरी भएको प्रहरी नायब उपरीक्षक चन्दले बताउनुभयो । तीन सय घरपरिवारलाई राहत दिने कार्यक्रम रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । घरवारविहीन परिवारलाई उचित राहत र बासको व्यवस्थापन गर्न स्थानीय तहले विशेष भूमिका खेल्नुपर्ने जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले जानकारी दिनुभयो ।

स्थानीय तहको विपद् व्यवस्थापन समितिसँग सहकार्य समन्वय गरेर जान जिल्ला विपद् व्यवस्थापन समितिलाई सुझाव दिएको चन्दननाथ नगरपालिका प्रमुख राजुसिंह कठायतले जानकारी दिनुभयो । सिजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले पालिकाभित्रका ९९ घररूपमा पूर्ण क्षति भएको छ ।

सिञ्जाका सबै वडामा भएको क्षतिको तथ्याङ्क सङ्कलन गर्न वडाध्यक्षलाई खटिएको गाउँपालिकाका अध्यक्ष धितालले बताउनुभयो । अविरल वर्षाले धान बालीमा पारेको क्षतिबारे स्थानीय तहका कृषि शाखालाई सही तथ्याङ्क सङ्कलन गर्न लगाएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । नाग्म गमगडी सडकखण्ड पनि पूर्णरूपमा अवरुद्ध भएको सडक डिभिजन कार्यालयले जनाएको छ । रासस