२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उदयपुरमा १५९ किलो ४०० ग्राम गाँजासहित एक जना पक्राउ News Polar सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगरबस News Polar घटस्थापनादेखि एक लाख नौ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका News Polar इसिमोडको अध्ययन सार्वजनिक : भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन News Polar एलपी ग्यास अब डिलरमार्फतै किन्न संघको आग्रह News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar राष्ट्रपति पाैडेलले जारी गरे दुई वटा अध्यादेश News Polar दोधारा–चादँनी झोलुङ्गे पुल पुनःनिर्माण गर्न २० करोड लाग्ने अनुमान News Polar विद्यार्थी केन्द्रित शिक्षा ऐन निर्माणका लागि गण्डकीका सरोकारवालासँग मन्त्रालयको शिक्षा संवाद News Polar खाद्य तथा औषधि प्राधिकरण स्थापना र सञ्चालनबारे छलफल News Polar किष्ट सेन्टरमा क्यान्सरका बिरामीलाई तीन सातासम्म निःशुल्क सेवा News Polar परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालको भेट News Polar टेलिकम जुम्लाद्वारा पाँच हजार ७८९ सिमकार्ड वितरण News Polar आरुघाट पुलमा बेलीब्रिज निर्माणका लागि सात ट्रक सामग्री News Polar पर्वतीय विपद् व्यवस्थापनका लागि नीतिगत पुनरावलोकन गर्नुपर्ने News Polar स्याफ्रुबेसी पुगेर प्रचण्डको अपिल : जलवायु न्यायका लागि नेपाललाई क्षतिपूर्ति देऊ News Polar नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य News Polar वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ News Polar हुलाकलाई जनताको महत्वपूर्ण अंगका रूपमा विकास गर्छौंः सञ्चारमन्त्री तिमिल्सिना News Polar कोरियाका लागि प्रश्तावित राजदुत डा. श्रेष्ठको कार्ययोजनाः ‘कुटनीतिलाई आर्थिक समृद्धि र नागरिक सुरक्षासँग जोड्छु’

ढुक्क छन् खोप लगाएका ज्येष्ठ नागरिक

ढुक्क छन् खोप लगाएका ज्येष्ठ नागरिक
अ अ+ अ-

कास्की । पोखरा महानगरपालिका–३२ स्थित राधाकृष्ण वृद्धाश्रममा बस्दै आएका सबै ज्येष्ठ नागरिकले कोरोना विरुद्धको खोपको दुईवटै मात्रा लगाइसकेका छन् । शुरुमा पहिलो मात्रा लगाउँदा भने उनीहरूमा के होला कसो होला भन्ने निकै डर थियो । 

डरकै कारण अधिकांशले खोप लगाउन मानेका थिएनन् । खोप लगाउन नमानेका ज्येष्ठ नागरिकलाई वृद्धाश्रमका अध्यक्ष प्रेम लिगलको प्रयासमा विश्वस्त पारी पहिलो मात्रा खोप लगाइएको थियो । पहिलो मात्रा लगाइएका ज्येष्ठ नागरिकले दोस्रो खोप भने सहजै लगाए । 

.दुवै मात्रा खोप लगाइसकेपछि भने अहिले वृद्धाश्रममा बस्ने प्रत्येक ज्येष्ठ नागरिकले आफूलाई सुरक्षित महसुस गरेको अध्यक्ष प्रेम लिगलको भनाइ छ । “शुरुमा खोप लगाउन विश्वस्त पार्न धेरै नै प्रयास गर्नुपर्यो”, उहाँले भन्नुभयो, “अहिले भने दुवै मात्रा लगाइसकेका कारण उनीहरू आफ्नो स्वास्थ्य सुरक्षाप्रति ढुक्क देखिन्छन् ।”

दुवै मात्रा खोप लगाए पनि आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने सरकारको निर्देशन भने सबैले पालना गरिरहेका छन् । कास्कीकै पोखरा महानगरपालिका–१७ स्थित पोखरा वृद्धाश्रममा बस्ने सबै ज्येष्ठ नागरिकले कोरोना विरुद्धको खोपको दुवै मात्रा लगाइसकेको वृद्धाश्रमका सचिव केशवराज लम्सालले जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमणबाट ज्येष्ठ नागरिक बढी प्रभावित हुन सक्ने अवस्थालाई दृष्टिगत गरी खोप प्राप्त हुनासाथ आवश्यक पहल गरी वृद्धाश्रमका ज्येष्ठ नागरिकलाई तत्कालै खोप लगाइएको उहाँले बताउनुभयो । लम्सालका अनुसार खोप लगाएसँगै ज्येष्ठ नागरिकमा आत्मविश्वास बढेको पाइएको छ । सरकारले पनि ज्येष्ठ नागरिकलाई कोरोना विरुद्धको खोपका लागि प्राथमिकता दिएको समाज कल्याण परिषद् राष्ट्रिय ज्येष्ठ नागरिक कोषका सञ्चालक सदस्यसमेत रहनुभएका उहाँको भनाइ छ ।

नेपालमा ७० वर्षभन्दा माथि उमेर समूहका ज्येष्ठ नागरिकको सङ्ख्या २७ लाख रहेको उहाँले जानकारी दिनुभयो । दुवै मात्रा खोप लगाएका ज्येष्ठ नागरिक आफ्नो स्वास्थ्य सुरक्षाबारे ढुक्क बनेको उहाँको भनाइ छ । कास्कीमा वितरीत खोपमध्ये कोभिसिल्ड पर्याप्त नआउँदा अझै पनि केही ज्येष्ठ नागरिक दोस्रो मात्रा लगाउन बाँकी रहेको जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख बाबुराम आचार्यले बताउनुभयो ।

जिल्लामा पहिलो पटक कोभिसिल्ड खोप लगाएका ६५ बर्ष उमेर समूहभन्दा माथिका करिब ३२ हजार नागरिक दोस्रो खोपको पर्खाइमा रहेको जानकारी दिँदै उहाँले उनीहरूलाई आउँदो आइतबार, सोमबारतिर कोभिसिल्डको दोस्रो मात्राको खोप लगाउने तयारी गरिएको बताउनुभयो । 

नेपालमा कुल जनसङ्ख्यामध्ये ६० वर्षभन्दा माथिका नागरिकको सङ्ख्या झण्डै १० प्रतिशत रहेको पोखरा वृद्धाश्रमका अध्यक्ष एवं राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष कुसुमकेशव पराजुलीले बताउनुभयो । ६० वर्षभन्दा माथिका नागरिकलाई ज्येष्ठ नागरिक भनिए पनि राज्यले प्रदान गरिने सामाजिक सुरक्षा लगायतका अधिकांश सेवा सुविधाका लागि भने ७० वर्ष उमेर पुग्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ ।