७ श्रावण २०८३, बिहीबार
,
Latest
विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ नेपाल श्रीलङ्कासँग पराजित मन्त्री चौधरीसँग जापानी राजदूत मायदाको भेटवार्ता नारायणी यातायात व्यवसायी सङ्घद्वारा मानवसेवा आश्रमलाई ५१ हजार सहयोग माईतीघरमा द्वन्द्वपीडितहरूको गुनासो: ‘सरकार भेट्न पाइएन’ दिपक भट्टसँग जोडिएका रिमाल पक्राउ नेपालका रैथाने उत्पादनको संरक्षणका लागि जीआई कानुन ल्याइने राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री डा.स्वर्णिम वाग्ले आन्तरिक राजस्व विभागमा सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत पक्राउ वैकल्पिक व्यवस्थापन र जग्गाको स्वामित्वको माग गर्दै सुकुम्बासीद्वारा माईतीघरमा प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लक्ष्मण चौधरी (थारु)को उम्मेदवारी खारेज



अ+ अ-

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका थरुहट नेता लक्ष्मण चौधरी (थारु)को उम्मेदवारी खारेज भएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली निर्वाचन क्षेत्र नं. ५ बाट उनले उम्मेदवारी दिएका थिए । चौधरीको उम्मेदवारी खारेज गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

धनगढी उपमहागरपालिका–१५ का स्थानीय समेत रहेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामबहादुर सिंहले चौधरीविरुद्ध दिएको उजुरी उपर मंगलबार जाँचबुझ गर्दा चौधरी उम्मेदवार हुन ‘अयोग्य’ पाइएकाले उम्मेदवारी खारेज गरिएको मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।

टीकापुर घटना सम्बन्धी मुद्दामा अदालतले दोषी ठहर गरी कैद सजायसमेत तोकेको अवस्थामा कैद भुक्तान नगरेका चौधरी कानुनतः उम्मेदवार बन्न अयोग्य देखिएको जनाइएको छ ।