२३ आश्विन २०८१, बुधबार
,
Latest
दशैंको उल्लास, देशभर कहाँ के भइरहेको छ ? (फोटो फिचर) जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस सभापतिमा उम्मेद्वारी दिन ३० हजार !



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीको सभापतिमा उम्मेद्वारी दिन ३० हजार रुपैयाँ धरौटी राख्नुपर्ने प्रस्ताव गरिएको छ। 

महामन्त्री पूर्णबहादुर खड्काले पेश गरेको निर्वाचन निर्देशिका सभापतिको प्रत्यासी हुन चाहनेले ३० हजार रुपैयाँ धरौटी राख्नुपर्ने प्रस्ताव गरिएको हो ।

बैठकमा उपसभापतिका लागि २५ हजार, महामन्त्रीमा उम्मेद्वारी दिन २५ हजार, सहमहामन्त्रीका लागि २० हजार र केन्द्रीय सदस्यका लागि १० हजार रुपैयाँ बुझाउनु पर्ने खड्काले पेश गरेको निर्देशिकामा उल्लेख गरिएको छ । 
 
सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठकले महाधिवेशनको नयाँ कार्यतालिकाबारे औपचारिक रुपमा प्रस्ताव नगरिएपनि महामन्त्री खड्काले केन्द्रीय सदस्यहरूको सुझावका आधारमा नयाँ कार्यतालिका बनाउन बैठकमा प्रस्ताव गरेका छन्।

महाधिवेशन कहिले गर्ने भन्ने विषयमा संस्थापन र इतर समूहबीच सहमति जुट्न सकेको छैन। साउन १२ गतेदेखि सुरु भएर भदौ १६–१९ सम्म महाधिवेशन पुरानो कार्यतालिका उल्लंघन भए पनि कांग्रेसले नयाँ ल्याउन सकेको छैन। 

सभापति देउवा पक्षले मंसिरमा तल्ला तहको अधिवेशन सुरु गरेर माघमा महाधिवेशन गर्न चाहेको छ भने पौडेल पक्षले भदौमा हुनुपर्ने अडान राखेको छ।