२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उदयपुरमा १५९ किलो ४०० ग्राम गाँजासहित एक जना पक्राउ News Polar सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगरबस News Polar घटस्थापनादेखि एक लाख नौ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका News Polar इसिमोडको अध्ययन सार्वजनिक : भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन News Polar एलपी ग्यास अब डिलरमार्फतै किन्न संघको आग्रह News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar राष्ट्रपति पाैडेलले जारी गरे दुई वटा अध्यादेश News Polar दोधारा–चादँनी झोलुङ्गे पुल पुनःनिर्माण गर्न २० करोड लाग्ने अनुमान News Polar विद्यार्थी केन्द्रित शिक्षा ऐन निर्माणका लागि गण्डकीका सरोकारवालासँग मन्त्रालयको शिक्षा संवाद News Polar खाद्य तथा औषधि प्राधिकरण स्थापना र सञ्चालनबारे छलफल News Polar किष्ट सेन्टरमा क्यान्सरका बिरामीलाई तीन सातासम्म निःशुल्क सेवा News Polar परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालको भेट News Polar टेलिकम जुम्लाद्वारा पाँच हजार ७८९ सिमकार्ड वितरण News Polar आरुघाट पुलमा बेलीब्रिज निर्माणका लागि सात ट्रक सामग्री News Polar पर्वतीय विपद् व्यवस्थापनका लागि नीतिगत पुनरावलोकन गर्नुपर्ने News Polar स्याफ्रुबेसी पुगेर प्रचण्डको अपिल : जलवायु न्यायका लागि नेपाललाई क्षतिपूर्ति देऊ News Polar नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य News Polar वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ News Polar हुलाकलाई जनताको महत्वपूर्ण अंगका रूपमा विकास गर्छौंः सञ्चारमन्त्री तिमिल्सिना News Polar कोरियाका लागि प्रश्तावित राजदुत डा. श्रेष्ठको कार्ययोजनाः ‘कुटनीतिलाई आर्थिक समृद्धि र नागरिक सुरक्षासँग जोड्छु’

सरकारको ढुकुटीमा आफ्नै उपचार गर्न हात फैलाउनुपर्नेले अरुको उपचार कसरी गराउँलान् ? : गगन थापा

सरकारको ढुकुटीमा आफ्नै उपचार गर्न हात फैलाउनुपर्नेले अरुको उपचार कसरी गराउँलान् ? : गगन थापा
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रतिपक्षी दलका नेताले उठाएको प्रश्नको जवाफ दिन सरकारलाई सचेत गराउनुभएको छ । 

प्रतिनिधिसभाको विहिबारको बैैठकको विशेष समयमा बोल्दै सांसद थापाले प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीको अभिव्यक्तिमा दंभ, आक्रोश र कुण्ठा भएपनि प्रश्न  प्रश्न नै भएको भन्दै एक एक उत्तर दिन सरकारलाई आग्रह गर्नुभएको हो । साउन २६ गते प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दलको नेताको रुपमा दिएको अभिव्यक्ति तथा प्रश्नहरुमा आत्माश्लाघा, अहंकार, क्रोध, ईष्या, रिस र कुण्ठा भएपनि प्रश्न निम्छरो नभएको भन्दै उहाँले ती प्रश्नलाई गम्भीरता पुर्वक लिन सरकारलाई सुझाव दिनुभएको हो ।

उहाँले भन्नुभयो “प्रश्नमा थुप्रै आत्माश्लाघा थियो, अहंकार थियो, क्रोध थियो । ईष्या थियो । रिस थियो । कुण्ठा थियो । तर पनि म भन्न चाहन्छु । प्रतिपक्षीले गरेको प्रश्न निम्छरो हुदैन । प्रश्न प्रश्नै थियो । प्रश्नलाई सरकारले गम्भीरतापुर्वक लिनुपर्छ । एउटा एउटा प्रश्नको उत्तर यो नयाँ सरकारले दिनुपर्छ । तर गफबाट होइन । कुराबाट होइन । कामबाट दिनुपर्छ । ”

२०७६ साल बैैशाख २४ गते तात्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले गरेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले आक्रोश, कुण्ठा र निम्छरा प्रश्नको जवाफ नदिई अन्यको दिन्छु भनेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले नियमापत्ति गरेका थिए । प्रतिपक्षी दलको नाराबाजीकै बीच प्रधानमन्त्रीले सम्बोधन सकाउनुको साथै नीति तथा कार्यक्रम पनि पारित गरिएको थियो ।

विहिबारको बैैठकमा सांसद थापाले प्रतिपक्षीलाई विगतको सरकारले जस्तो व्यवहार नगर्न पनि सुझाव दिनुभयो । उहाँले विशेष समय र सुन्य समयमा उठेका विषयलाई गम्भीर रुपमा लिन र ती विषयलाई सम्बोधन गर्ने संकल्प गर्न सरकारलाई सुझाव दिनुभयो । पुर्व प्रधानमन्त्रीलाई प्रतिपक्षी दलको ठाउँ सुहाएको भन्दै उहाँले गफले नभई सही मतिका साथ काम गरेर सत्तापक्षको ठाउँ सुहाउँदो देखाउन पनि सचेत गराउनुभयो ।

सांसद थापाले नेपाली भूमि फिर्ता र एमसिसिबारे प्रश्न गर्ने प्रतिपक्षी दलको नेता ओलीलाई आफ्नो कार्यकालमा के गर्नुभयो भनी प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो “मलाई विश्वास गरेर नागरिकले प्रधानमन्त्रीत्व दिएको भन्दै गर्दा मैले मनमनै आफैलाई भनीरहेको थिएँ कठैबरा राजनीतिक प्रणालीको बारेमा थाहै रहेनछ । यो प्रधानमन्त्रीय प्रणाली होइन । यहाँ सांसद जनताले चुनेर माननीय बनाउँछन् । माननीयले मनलाग्नेलाई सम्माननीय बनाउँछन् । यहाँ राख्छन् । मन नलाग्नेलाई उता पठाउँछन् । कहिले उता कहिले यता । जब उहाँले बोल्दै गर्दा भन्नुभयो भूमि फिर्ता कहिले आउँछ ? जेष्ठ ३१ गते ७७ सालमा सिंगो संसद उभिएर संविधान पास गरेर ल है अगाडि बढ्नुहोस् भन्दै गर्दा, १ बर्ष, २ बर्ष , एकपक्षीय , बहुपक्षीय अनेकन वार्ता भएछ । एकपटक चुईक्क भूमिका बारेमा बोल्नुभएन । १ सय ६५ जना सांसद छ ।  अब एमसिसि के गर्छौ भनिरहँदै गर्दा , यसो सम्झेको उहाँसंग त कति रहेछ ? २ सय ८ हुदैगर्दा के गर्नुभएको रहेछ ?”

पञ्चायतपछि सत्तापक्षकै दलले सडकमा प्रर्दशन गरेको उल्लेख गर्दे सांसद थापाले विपक्षी दलसंग पनि संवाद र सहमति गरेको भन्ने ओलीले संविधान विपरित संबैधानिक परिषद्बाट प्रतिपक्षलाई निकाल्ने काम गरेको भनी व्यंग्य गर्नुभयो ।

उहाँले भन्नुभयो “सबै भन्दा छक्क परेको कतिखेर भने । जतिखेर उहाँ यहाँ उभिएर भ्रष्टाचारको कुरा गर्नुभयो । म त झुक्किएँ । यसो हेरेको उहाँ त माननीय होइन, जतिखेर सम्माननीय हुनुहुन्थ्यो, दिनको एउटा काण्ड गराउने, काण्डलाई ढाकछोप गर्ने, काण्ड गर्नेलाई जोगाउने, अनि काण्डको छानविन गर्नको लागि बनाएको, संविधानले बनाएको निकायलाई पंगु बनाउने । विधेयकको कुरा गर्नुभयो । बनाउनुपर्ने कानुन नबनाउने, नबनाउनुपर्ने एकपछि अर्को बनाउने । बनाएर संसदतिर आयो भनेपनि बाटोमै छेकिदिने । अहिले बडो विधेयकको चिन्ता गर्नुभयो । पञ्चायत पछि पहिलो पटक सरकारमा बस्नेले शक्ति प्रर्दशन गर्यो सडकमा । उहाँ यहाँ उभिएर भन्नुहुन्छ , राज्यसंञ्चालन गर्दा अपनाउन पर्ने सबै खालको संयमता र अनुशासनप्रति म सजग थिएँ । प्रतिपक्ष संग संवाद र सहमतिको सम्पुर्ण काम गरेको थिएँ भन्दै गर्दा संविधानले दिएको संबैधानिक परिषद्बाट प्रतिपक्षलाई आउट गर्ने प्रधानमन्त्रीलाई मैले संम्झेँ । गठबन्धनको संस्कृति भित्रियो । कत्रो चिन्ता भएको ? जताततै गठबन्धन मेरै अहंकारका कारण आएको भन्ने सम्झनुभयो कि भएन होला ?”

उहाँले आफ्नो उपचार गर्न सरकारी ढुकुटी प्रयोग गरेका नेता ओलीले घाईते योद्धालाई उपचारका लागि समस्या भए कार्यालय आउन दिएको अभिव्यक्ति प्रति पनि व्यंग्य गर्नुभयो ।

उहाँले भन्नुभयो “ए घाईते योद्धाहरु सरकारले तिमिहरुको उपचार गरेन भने मेरो पार्टी कार्यालय आउँ भन्दै गर्दा कठैबरा, आफ्नै उपचार गर्न त सरकारको ढुकुटीमा गएर हात फैलाउनुपर्नेले पार्टी कार्यालयमा आए कसरी उपचार गराउँलान् ? ”

सांसद थापाले दु्रत गतिमा मन्त्रीपरिषद्लाई पुर्णता दिई नजिकिदै गरेका चाडपर्वलाई मध्यनजर गरि कोभिड महामारी फैलिन नदिने तर्फका तयारी व्यापक बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । महामारीले देखिने गरि स्वास्थ्य क्षेत्र थला परेको र गैह् स्वास्थ्य क्षेत्रमा पनि प्रभाव परेको भन्दै उहाँले ती क्षेत्रका समस्यालाई सम्बोधन गर्ने तर्फ सरकार सचेत र गम्भीर हुनुपर्ने आवश्यकता औैल्याउनुभयो ।