१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीः एक हजार २९० जनाको शव फेला त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान नेपाल–अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, विपद्मा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा आभार उद्धारका लागि नेपाली सेनाको टोली पावर हाउसमा प्रवेश भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन सुनचाँदीको मूल्यमा वृद्धि १० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्– ‘सुरुङभित्र अझै मानिस हुन सक्छन्’ त्रिशूली–३ ‘ए’ आयोजनाबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप छनोटः नेपालले पहिले बलिङ गर्ने



अ+ अ-

काठमाडौं । आइसिसी टि२० विश्वकप छनोट ए को पहिलो सेमिफाइनल खेलमा युनाइटेड अरव इमिरेट्स (युएई) विरुद्ध नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । 

ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा युएईले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो । 

टी–ट्वान्टी विश्वकपमा छनोट हुने लक्ष्यसाथ ओमान पुगेको नेपालका लागि यस खेल महत्वपूर्ण रहेको छ । 

यस खेलबाट नै नेपालको विश्वकप यात्राको छिनोफानो हुने भएकाले यो खेल निकै महत्वपूर्ण रहेको छ । 

यस खेलमा विजेता बन्दै फाइनल पुग्ने टोलीले अष्ट्रेलियामा आगामी अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपमा स्थान बनाउनेछ । 

नेपालले सन् २०१४ मा बंगलादेशमा आयोजना भएको टी–ट्वान्टी विश्वकप खेलेको थियो । त्यसयता नेपाल छनोट हुन सकेको छैन । 

नेपालको प्लेइङ ११ः आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, सन्दीप लामिछाने (कप्तान), कमलसिंह ऐरी, जितेन्द्र मुखिया, विवेक यादव र अभिनाश बोहरा